काठमाडौं,२२ जेठ । दलहरुबीचको सहमति फेरि नाम र सीमा अड्कीएको छ । प्रदेशको संख्या ६ वा ८ मा सत्ता पक्ष र विपक्षीको फरक सर्त आएपछि सहमति भइसकेको छैन । संघियताका प्रदेशहरुको संख्या बढाउदा नामा र सीमा पछि तोक्न एमाओवादी तयार छ तर ६ संख्या तोक्दा नाम अहिले नै राख्नुपर्ने अडान छ । कांग्रेस एमाले ६ प्रदेशमा सहमति गर्ने र नाम र सीमा पछि तोक्नु पर्ने अडानमा छन् । संविधानका विवादित विषयमा सहमति खोज्न आज पनि प्रमुख दलहरुको बैठक बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवटारमा बस्ने बैठकमा संघियताको संख्या, सीमा र नामाङ्कनका विषमया छलफल हुनेछ । दलहरुले राखेका प्रस्तावका आधारमा छलफल हुने नेताहले बताएका छन् ।
संविधान निर्माणलाई पहिलो प्राथमिकता दिएर अघि बढ्न सहमत दलहरुले अबको तीनदिनमा सहमति गर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान १० बजे प्रमुख चार शक्तिको बैठक बोलाइएको छ ।
पछिल्लो समय सबैभन्दा बढी विवादित प्रदेश निर्माणको विषयमा दलहरू सहमतिनजिक छन् । दलहरूबीच प्रदेशको सीमांकन गर्न आयोग निर्माण गर्ने र नामकरण प्रादेशिक सभालाई दिने विषयमा छलफल चलेको छ । उनीहरूले संविधानको अन्तर्वस्तुमा रहेको मतभेद समाधान गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएका छन् ।
प्रतिक्रिया