लाखौं विद्यार्थी त्रिपालमुनि ,शिक्षामन्त्री यादव श्रीमान र छोराछोरी लिएर विदेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार ०७:५४

काठमाडौँ,२२ जेठ  । भूकम्पले भवन भत्काइदिएपछि अहिले लाखौं विद्यार्थी त्रिपालमुनि छन् तर शिक्षामन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेशमा  छिन्। ६ हजारभन्दा बढी विद्यालय ध्वस्त भएको र हजारौं विद्यार्थीको पढाइ बिथोलिएको समयमा उनी आफूसँग असम्बन्धित कार्यक्रममा भाग लिन कहिले श्रीमान, कहिले छोरी त कहिले छोरालाई लिएर घुमिरहेकी छिन्। ‘विपदका बेला विदेश घुम्न नजान’ प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक दिएका निर्देशन अवज्ञा गर्दै उनी वैशाख १२ यता तीन देश घुमिसकेकी छन्। मन्त्री यादव वैशाख १२ को भूकम्पपछि पहिले कोरिया, त्यसपछि चीन र अहिले डेनमार्क पुगेकी हुन्।

renu

पछिल्लोपटक जेठ १८ गते मन्त्रालयसँग असम्बन्धित महिलासम्बन्धी कार्यक्रममा भाग लिन डेनमार्क पुगेकी उनी २४ गते मात्र फर्कंदै छिन्। वैशाख १२ को भूकम्पलगत्तै १३ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालाले विपदमा सहग हुने कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रममा विदेश नजान मन्त्रीहरुलाई निर्देशन दिएका थिए। असारसम्म विदेश नजान उनको विशेष निर्देशन थियो।

दुई दिनको कार्यक्रमको निहुँमा मन्त्रीले साताभन्दा बढीको समय घुमफिरमा बिताएको मन्त्रालयकै एक अधिकारीले जानकारी दिए। ‘उहाँ यस्तो बेला पनि विदेशमा रमाइरहनुभएको छ,’ ती अधिकारीले भने। मन्त्री यादव प्रधानमन्त्रीको निर्देशन अटेर गर्दै पहिलोपटक जेठ ४ गते युनेस्कोको कार्यक्रममा भाग लिन कोरिया गएकी थिइन्। त्यसलगत्तै चीन। भ्रमणमा उनका पति डा. श्रीकृष्ण यादव र छोरी थिए।

विदेशी दातृ निकायले मन्त्रीज्यूको मात्र विदेश भ्रमणको निमन्त्रणा दिने गरेको भए पनि उहाँले आफ्ना निकट सहसचिवमार्फत श्रीमान, छोरा वा छोरीको समेत टिकटको निःशुल्क व्यवस्था गराइदिन भन्न लगाउने गर्नुभएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘नजिकका सहसचिवज्यूहरुले मन्त्रीको निर्देशन पालना गर्नैपर्छ। त्यही भएर मन्त्रीज्यूको हरेक विदेश भ्रमणमा श्रीमान, छोराछोरी साथमा हुन्छन्।’

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१