दाङ, २१ जेठ । चट्याङले लागेर दाङमा बिहिवार दिउँसो एक जनाको ज्यान गएको छ । हावाहुरीसँगै चट्याङले लागेर लक्ष्मीपुर–१ रनघराका ५० वर्षका खोपिराम नेपालीको ज्यान गएको हो । चट्याङ लागेर उहाँको श्रीमती पार्वती नेपाली र छोरी डल्ली नेपाली पनि घाइते भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । हावाहुरीले बगैंचामा रहेको आप झारेपछि टिप्ने क्रममा चट्याङले लागेको थियो ।
प्रतिक्रिया