सरकारले पत्रकारहरुका लागी पनि केहि गर्नुपर्छ : मुकुन्द ढुंगाना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार १६:०३

बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले हालसम्म करिब ९ हजारको मृत्यु भइसकेको छ भने २२ हजार भन्दा बढि घाईते भएका छन् । त्यसरीनै हजारौंको बस्ने बास समेतपनि छैन् । त्यहि क्रममा भूकम्पको बेलामा जनतालाई दिन रात नभनी समाचार मार्फत सू सुचित गराउने पत्रकार आफैं नै पीडित भएको कुरा सायद सरकारलाई समेत पनि पत्तो छैंन । यो अवस्थामा भूकम्पपीडित पत्रकारहरुको दुखेको घाऊमा मलम लगाउन सूचना तथा सञ्चार क्लब नेपाल अगाडी सरेको छ । वुधबार मात्र क्लबको कार्यालयमा करिब सय जना पत्रकारहरुलाई १ बोरा चामल, सहित राहत वितरण गरेको सूचना तथा सञ्चार क्लब नेपालले आगामी दिनमा पत्रकारहरुका लागी विभिन्न योजना अगाडी सार्ने बताइएको छ । अबको दिनमा संस्थाले पत्रकारहरुका लागी के कस्ता कार्यक्रम ल्याउदैंछ भन्ने विषयमा यस संस्थाका महासचिव मुकुन्द ढुङ्गगानासँग हाम्रो सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :-

१.तपाईको संस्थाले हाल भूकम्पपीडित पत्रकारहरुका लागी के गरिरहेको छ ?
सूचना तथा सञ्चार क्लब नेपाल भनेको पत्रकारहरुको एउटा साझा संस्था हो । हाम्रो संस्थामा आवद्ध भएका पत्रकारहरुनै भूकम्पपीडित भएका र अन्य सञ्चारक्षेत्रमा काम गरिरहेका पत्रकारहरु पनि भूकम्पबाट अतिनै प्रभावित भएका कारण हामीले पत्रकारहरुलाई निकै नै कम राहत वितरण गरेका छौं । हामीले वुधबार मात्र संस्थाको कार्यालयबाट सय जना भन्दा बढि पत्रकारहरुलाई १ बोरा चामल सहित राहत वितरण गरेका छौं । र यस संस्थाले विभिन्न संघ संस्थाहरुलाई अझै केहि राहत सामाग्री उपलब्ध गराइदिन पहल गरिरहेका छ ।

२.भूकम्पपीडित पत्रकारहरुलाई सरकारले कस्तो सहयोग गरिरहेको देख्नु भएको छ ?
खै आजसम्म हामीले पत्रकारहरुलाई सहयोग गरेको देखेका छैनौं । भूकम्प गएको १ महिना वितीसक्दा पनि सरकारले भूकम्पपीडित पत्रकारका लागी केहि पनि सहयोग नगरेको देखेर हामी अग्रसर भएका हौं । रात दिन नभनी जनताहरुलाई समाचार मार्फत सूचना सम्प्रेषण गर्ने पत्रकारहरु नै पीडित भएकोे हामीले देख्न सकेनौं र केहि पत्रकारहरुलाई हामीले राहत बाडेका हौं ।

३.हाल भूकम्पपीडित पत्रकारहरुको अवस्था कस्तो छ ?
भूकम्पबाट पत्रकारहरु पनि निकै प्रभावित भएका छन् । हाम्रो संस्थालाई हालसम्म प्राप्त भएको जानकारी अनुसार करिब ५ सय भन्दा बढि पत्रकारहरु भूकम्पबाट पीडित भएका छन् । र उनीहरुको अवस्था निकै नै नाजुक रहेको पाएका छौं ।

mukunda४.सरकारले तत्काल भूकम्पपीडितका लागी के गर्नु पर्ने देख्नुहुन्छ ?
हाल सरकारले भूकम्पपीडित पत्रकारहरुलाई राहत सामाग्री र केहि आर्थिक रकम उपलब्ध गराउन आवश्यक रहेको छ । पत्रकारहरु अहिले पनि खुल्ला ठाउँमा रात विताउन बाध्य रहेको अवस्थामा सरकारले तत्काल भूकम्पपीडित पत्रकारहरुलाई आर्थिक सहयोग र राहत सामाग्री उपलब्ध गराउनु पर्छ ।

५.राजधानीका पत्रकारहरुलाई मात्र हो राहत वितरण ?
अहिले हामीले राजधानीमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुलाई राहत वितरण गरेका छौं । हाल संस्थामा राजधानी बाहिरका पत्रकारहरुलाई पनि राहत सामाग्री वितरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । र विभिन्न संघ संस्थाको सहयोग हामीलाई प्राप्त भए राजधानी बाहिरका पत्रकारहरुलाई पनि हामी राहत सामाग्री वितरण गर्ने छौं ।

६.तपाईहरुले जसरी भूकम्पपीडित पत्रकारहरुलाई राहत वितरण गरिरहनु भएको ,त्यसमा सरकारको कुनै साथ सहयोग छ ?
हालसम्म सरकारले कुनै पनि काममा हामीलाई सहयोग गरेको छैन । हामीले हाम्रै संस्थाकै पहलमा पत्रकारहरुलाई राहत वितरण गरेका हौं ।

७.अन्तत : भूकम्पीडित पत्रकारहरुलाई के भन्न चाहानुहुन्छ ?
भूकम्पले आफ्ना आफन्त,घाईते सगैं घरबार गुमाउनु भएका पत्रकारहरुलाई धर्य धारण गर्ने शक्ति प्राप्त होस् कामना गदछौं । यो विपत्तिमा तपाईहरुले रात दिन नभनी जनताहरुलाई समाचारको माध्यमबाट सू सुचित गराउदैं आउनु भएको छ त्यसको सम्मान हाम्रो संस्था सूचना तथा सञ्चार क्लब नेपाल गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१