भूकम्पपीडितलाई बाल्टिमोरका नेपालीको २५ लाख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार १४:३५

अमेरिका,२१ जेठ । अमेरिकाका लागी नवनियुक्त नेपाली राजदुत डा.अर्जुन कुमार कार्कीलाई बाल्टिमोरका नेपालीले पच्चीस लाख रुपैयाँको बैंक चेक हस्तान्तरण गरेका छन्। नयाँ राजदुत डा.कार्कीको स्वागतार्थ हिजो बुधबार बाल्टिमोरमा आयोजित स्वागत समारोहमा बानाका अध्यक्ष कुलमणी आचार्यले पच्चीस हजार अमेरिकी डलरको बैंक चेक राजदुत डा कार्कीलाई हस्तान्तरण गरेका थिए।

arjunनेपाली पच्चीस लाखअमेरिकी डलर पच्चीस हजार डलरको चेक बुझ्दै राजदुत डा.कार्कीले आफ्नो मन्तब्यमा उनले यो पैसा नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा भएर नेपाल सरकारको बिभिन्न मन्त्रालयहरु मार्फत जिल्ला जिल्लाका भूकम्पपीडित कहाँ पुग्ने एकमात्र सशक्त माध्यम सरकारको प्रधानमन्त्री राहतकोष भएको बताए।

पेन्सिलभानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत, म्यारिल्याण्ड राज्यका स्टेट डेलिगेट क्रिस्चिएन मिलिई, बाल्टिमोर मेयर कार्यालयका ईमिग्रेसन एफेयर्स डाईरेक्टर क्याटालिना लिभाले कार्यक्रममा मन्तब्य दिंदै नयाँ राजदुत डा अर्जुन कार्कीलाई बाल्टिमोर शहरमा स्वागत गरेका थिए। बानाका ऊपाध्यक्ष सतिश चापागांईको स्वागत भाषणबाट शुरु भएको ऊक्त कार्यक्रम अध्यक्ष कुलमणी आचार्यको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१