काठमाडौं,२१ जेठ । प्रमुख दलहरुले संविधानको विवादित विषयमा थप छलफल गर्न आवश्यक भएको भन्दै संविधानसभाको बैठक स्थगित गर्न आग्रह गरेका छन् । दलहरुको आग्रहपछि बिहिबारको लागि बोलाइएको संविधानसभाको बैठक स्थगित भएको छ । अर्को बैठक आगामी सोमबार दिउँसो ३ बजेको लागि बोलाइएको छ ।
संविधानका विवादित विषयमा सहमतिको प्रयास भइरहेको भन्दै प्रमुख दलहरुले बिहीबारका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए । दलहरुका आग्रह अनुसार संविधानसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
त्यसअघि बालुवाटारमा भएको शीर्ष दलको बैठकले सहमतिको लागि सोमबारसम्म म्याद दिन संबिधानसभाका सभामुख सुबासचन्द्र नेम्वाङलाई आग्रह गर्ने निर्णय गरेको थियो । यसअघि जेठ १७ को लागि बोलाइएको संविधानसभाको बैठक पनि स्थगित भएको थियो । यसअघि पनि शीर्ष नेताको बैठकले सूचना टाँसेर स्थगित गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया