जसले अनुहार देखाएनन्….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार १२:३०

मनिष दाहाल,

यति बेला देश संकटमा छ । कसैले आफन्त गुमाएका छन् भने कयौं अझै पनि अस्पतालको शैयामा घाईते शरिर कहिले निको होला भन्दैं डाक्टरको सल्लाहमा छन् । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले यसरीनै धेरैलाई तित्र वित्र बनाएको छ । कयौंको बस्ने बास समेत छैन भने कयौं घर हुदाँ हुदै पनि बस्न सकेका छैंनन् । अहिले भूकम्पपीडितको एउटैं पिडा छ बर्षायाम सुरु हुन लाग्यो एउटा टहरो चाहिएको छ तर त्यो पुरा हुन सकेको छैंन ।

अब बर्खा लाग्न करिब १०-१५ दिन मात्र बाँकी छ तर भूकम्प गएको १ महिना वितिसक्दा पनि भूकम्पपीडितको न घर बनेको छ न त पेटभरी खाने मानो नै पर्न सकेको छ । यसरी राहतको पर्खाइमा दिन काटी रहेका भूकम्पपीडितलाई नेपाली चलचित्रक्षेत्रका चर्चित मुहारहरुले सहयोग नगरेका भने होइनन् तर यो अवस्थामा धेरै सेलिव्रेटीले अनुहार समेत पनि देखाएका छैंनन् । भूकम्पपीडितलाई राहत र पुर्ननिर्माण गर्न चलचित्रकर्मीहरुले ‘हामी सबैका लागी’ भन्ने अभियानका साथ करिब १०० वटा भन्दा बढि घर निर्माण गरे भने लाखौंको राहत सामाग्री वितरण गरे ।

यो अभियान भन्दा बाहिर बसेर पनि धेरै चलचित्रकर्मीले आफ्नो व्यक्तिगत सहयोगमा राहत वितरण देखी आर्थिक सहयोग गरेका छन् । नायिका करिश्मा मानन्धर,नायक राजेश हमाल,नायिका रेखा थापा,निर्देशक सुरेश दर्पण पोखरेल,नायिका केकी अधिकारी,नन्दिता केसी,नायक भूवन केसी लगायतले काभ्रेका भूकम्पपीडित व्यक्तिहरुका लागी घर निर्माण गरिदिएका छन् भने अन्य ठाउँमा पनि उनीहरुले पुर्ननिर्माण र राहत वितरण कार्यमा सहभागी भएका छन् । हाँस्य कलाकार सिताराम कट्टेल,कुञ्जना घिमिरेले पनि नुवाकोटका बासिन्दाहरुलाई घर र विद्यालय बनाइदिए । तर केहि सेलिव्रेटीहरु भने गुमनाम झै बनेर बसेका छन् ।

नायिका गरिमा पन्त,नायक सुवास थापा,दयाहांग राई,निखिल उप्रेती, निर्माता छबिराज ओझा,गायिका माण्डवी त्रिपाठी,हाँस्य कलाकार दमन रुपाखेती,विष्णु सापकोटा, गायिका अञ्जु पन्त,अभिनेत्री प्रियंका कार्की,वितरक सुनिल मानन्धर लगायतका धेरै कलाकार देखी गायक गायिकाहरु अहिले गुमनाम झै बनेर बसेका छन् । आफ्नो चलचित्र प्रदर्शनमा आउँदा दर्शकहरु हाम्रा लागी भगवान हुन भन्ने यि कलाकारहरु भूकम्पपीडितको दुखमा मलम लागाउन सक्रिय नभएको देखेर चलचित्रक्षेत्रनै यति बेला अचम्मित बनेको छ । यो बीचमा धेरै नाम चलेका कलाकार, निर्माता, निर्देशक, गायक लगायत मनोरञ्जनसँग सम्वद्ध विभिन्न विधाका व्याक्तिहरु घाम पानी अनि रात दिन नभनेर पीडितहरुको चर्हाईरहेको धाउमा मलम लगाउन खटिईरहेको बेला कानमा तेल हालेर बस्नेहरुको भने दर्शक, श्रोताले लेखाजोखा राख्नैपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१