रोगसँग लड्न के गर्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार ११:१५

स्वस्थ रहनु मानिसको प्रमुख आवश्यकता हो । स्वस्थ रहेमात्र मानिसले आफ्नो दैनिक जीवन सहज रूपले अगाडि बढाउन सक्छ । स्वस्थ रहेमात्र मानिसले आफ्ना कार्यलाई चुस्त र सही तरिकाले गर्न सक्छ । तनावका कारण मानिसको जीवनमा निकै असर पर्ने गरेको छ । केही मानिसहरू आजको समयको माग भनेर त्यसलाई अपनाउने गरेका छन् र बिमारीलाई अंगाल्ने गरेका छन् ।
तर, मानिसले आफ्नो दैनिक जीवनलाई जसरी राख्छ स्वास्थ्य पनि त्यस्तै हुन्छ । त्यसैले आफूलाई सकेसम्म स्वस्थ राख्न र रोगको प्रतिरोधी क्षमतालाई बृद्धी गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ । ती मध्ये केही यस्ता छन्ः

१. डाइट प्लानः स्वस्थ र फिट रहनका लागि डाइट सही हुनु आवश्यक हुन्छ । हाम्रो शरिरको अवस्था डाइटमा निर्भर रहन्छ । शरिरलाई चुस्त राख्नका लागि पौष्टिक खाना खानु आवश्यक हुन्छ । यदी मानिसले आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने सोच बनाउँछ भने पहिले आफ्नो खानपानमा ध्यान दिनु जरूरी हुन्छ । डाइटमा प्रयोग गर्ने चीजहरूले मानिसको रोग प्रतिरोधी क्षमतालाई बृद्धी गर्छ । यसका लागि भिटामिन बी, सी, ई, ए, जिंक फुड, सेलेनियम फुड, लसुनको प्रयोग गर्नुपर्छ ।

२. राम्रो निन्द्राः हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरे हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ । मानिस जति सुत्छ, उती नै तनावबाट छुटकारा पाउन सफल हुन्छ । यदी मानिस दैनिक ७ घण्टा भन्दा कम सुत्छ भने मानिसको प्रतिरोधी क्षमता कमजोर हुन्छ र शरिरमा रोगले चाँडै आक्रमण गर्न सक्छ ।

healt३. दैनिक व्यायामः आफूलाई चुस्त र तन्दुरूस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ । व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेशन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्धत गर्छ । यसका साथै एक्सरसाइज गर्नाले मानिसको शरिरमा हर्मोनको उत्पादन सही ढंगले हुन्छ । यसले मानिसको ब्लड प्रेसर र मुड सही रहन्छ र मानिस दिनभर चुस्त रहन्छ ।

४. तनावको कमीः हाम्रो शरिरलाई सबैभन्दा बढि प्रभावित गर्ने चीज हो स्ट्रेस अर्थात् तनाव । तनाव बढ्नाले शारीरिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुन्छ । तनाव कम गर्नका लागि दैनिक बिहान १५ मिनेटसम्म मेडिटेशन गर्ने र व्यायाम गर्नुपर्छ । तनावलाई कम गर्नका लागि कुनै न कुनै खेल खेल्नु राम्रो हुन्छ । तनावलाई कम गर्नका लागि खेलको विषेश महत्व हुन्छ ।

५. हास्ने र हसाँउनेः जीवनको जुनसुकै अवस्थामा पनि कहिल्यै निराश नहुनुस् । आफूलाई फिट र स्वस्थ राख्नका लागि सकेसम्म धेरै हास्नुस्, हाँसोले तनावको स्तर कम हुन्छ र शरिरको प्रतिरोधी क्षमताको बृद्धी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१