इस्लामिक समूहद्धारा ‘आइएस’का १० हजार लडाकू मारिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार ११:०६

अमेरिकाले इराक र सिरियमा अन्तर्राष्ट्रिय गठबन्धनले कारबाही सुरु गरेयता इस्लामिक अतिवादी समूह ‘आइएस’का १० हजार लडाकू मारिएको जनाएको छ । इराक र सिरियामा सक्रिय आइएसविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनले नौ महिनाअघि कारबाही सुरु गरेको थियो । अमेरिकी सहायक रक्षामन्त्री एन्टोनी ब्लिन्केनले आइएसले धेरै क्षति ब्यहोरे पनि उनीहरु पुनः शक्तिशाली बन्न सक्ने चेतावनी दिए ।

ladakoइराकमा आइएसविरुद्धको रणनीतिबारे पेरिसमा भएको छलफलपछि बोल्दै ब्लिन्केनले इराकको २५ प्रतिशत भू–भाग मात्र अहिले आइएसको नियन्त्रणमा रहेको दाबी गरे । मंगलबार मात्र इराकी प्रधानमन्त्री हैदर अल अबादीले आफ्नो सरकारलाई अझ धेरै सहयोग गर्न अन्तर्राष्ट्रिय गठनबन्धनलाई आग्रह गरेका थिए । उनले इराकी सैनिकलाई थप गुप्तचरी सूचना आवश्यक भएको समेत बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१