मैले भ्रष्ट्राचार गरेको छु : फिफाका पूर्व वरिष्ठ अधिकारी चक ब्लेजर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार ११:०४

फिफाका एक पूर्व वरिष्ठ अधिकारीले भ्रष्ट्राचार गरेको स्विकारेका छन् । फिफाका पूर्व वरिष्ठ अधिकारी चक ब्लेजरले सन् २०१० मा विश्वकपको आयोजना दक्षिण अफ्रिकालाई दिंदा घूस लिएको स्विकारेका हुन् । अमेरिकी नागरिक ब्लेजर सन् १९९७ देखि २०१३ सम्म फिफाको कार्यसमितिमा थिए । उनले दक्षिण अफ्रिकालाई आयोजना गर्न दिन कार्यसमितिका अरु सदस्य पनि घूस लिन सहमत भएको बताएका छन् । तर दक्षिण अफ्रिकाले भने घूस दिएको आरोप अस्विकार गरेको छ । उनले अरु दश आरोप पनि स्विकारेका छन् । ब्लेजरले अमेरिकी अनुसन्धान एजेन्सी एफबीआइका लागि फिफालगायत कतिपय संस्थाका अधिकारीविरुद्ध नै जासूसी गरेको अदालतसमक्ष स्वीकारेका हुन् । ब्लेजरले अमेरिकामा ट्याक्स चोरीको आरोप पनि स्विकारेका छन् । ७० वर्षका ब्लेजर अहिले गम्भीर विरामी परेको बीबीसीले जनाएको छ ।
fifaफिफामा भ्रष्टाचार भएको आरोपमा उच्च अधिकारीसहित ७ जना पक्राउ परेका छन् । भ्रट्राचारबारे अमेरिका र स्विजरल्याण्डले छानबिन गरिरहेका छन् । भ्रष्टाचार काण्डकै कारण फिफाको अध्यक्ष चुनिएको चार दिनपछि मंगलबार सेप ब्लेटरले राजीनामा दिएका थिए । यता कतारका विदेश मन्त्रीले भने सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार कसैले खोस्न नसक्ने प्रष्ट गरेका छन् । अमरिकी न्याय विभागले भने फिफा अधिकारीहरुले गएको २४ वर्षमा १५ करोड डलर घुस लिएको आरोप लगाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१