सामसुङले एस सिक्स प्लस ल्याउदैं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार १०:४३

सामसुङले नयाँ स्मार्ट फोन ल्याउने भएको छ । केही समयअघि सामसुङ ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स एज बजारमा ल्याएको कोरियन इलेक्ट्रोनिक्स जाइन्ट सामसुङले ग्यालेक्सी एस सिक्स प्लस ल्याउने तयारी सुरु गरेको हो ।
samsungसामसुङ फोक्सड् ब्लग साम मोबाइलका अनुसार सामसुङले आउँदो सेप्टेम्बरमा जर्मनीको बर्लिनमा हुने वार्षिक आइएफए कन्जुमर इलेक्ट्रोनिक्स ट्रेड शोको क्रममा ग्यालेक्सी एस सिक्स प्लस सार्वजनिक गर्ने तयारी गरेको छ ।
सामसुङले ग्यालेक्सी एस सिक्स प्लस निर्माण योजनालाई प्रोजेक्स जेन टु नाम दिएको छ । ग्यालेक्सी एस सिक्स प्लसमा ५ दशमलव ४ वा ५ दशमलव ५ इन्चको सुपर एमोलिड डिस्प्ले हुनेछ । यस्तै ग्यालेक्सी एस सिक्स एजमा जस्तै एस सिक्स प्लस डिजाइन मोडिएको हुनेछ ।
एस सिक्स एजको तलपट्टीको भाग मोडिएकोमा एस सिक्स प्लसको माथि र तल दुवै पट्टीको भाग मोडिएको हुनेछ । यसमा ८ सय ८ हेग्जा कोर प्रोसेसर, ३२ जिबीको इन्टरनल स्टोरेज, १६ मेगापिक्सलको क्यामेरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१