हाँस्य कलाकारितक्षेत्रमा स्थापित कलाकारहरुले भूकम्पका कारण त्रसित भएका विद्यार्थीहरलाई स्कुलमै पुगेर मनोरञ्जन प्रदान गरेका छन् ।
हाँस्य कलाकारहरुले काठमाडौंको डिल्ली बजारमा रहेको विजय मेमोरियल स्कुलमा करिब ४ घण्टासम्म विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यूवा पाइला नामक संस्थाको आयोजनामा उक्त स्कुलमा पुगेको हाँस्य कलाकारको टोलीले विद्यार्थी माझ हाँस्य प्रस्तुती,नृत्य पस्किएको थिए ।
उक्त कार्यक्रममा हाँस्य कलाकार सुरेन्द्र केसी (मुला साग),किरण केसी (राता मकैं),नायक दिलिप रायमाझी, शिवहरी पौडेल (मुखामा हान्नु जस्तो), मनोज गजुरेल लगायको टोली विजय मेमोरियल स्कुलमा गएको थियो । विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेपछि हामीसँगको कुराकानीमा हाँस्य कलाकार सुरेन्द्र केसीले विद्यार्थीको मनमस्तिकमा रहेको भुकम्पको त्रासलाई मेटाउने यो प्रयास अगाडी सारेको बताए ।
केहि दिन अगाडी भूकम्पका कारण अतिनै प्रभावित भएको ठाउँ काभ्रे रामकोट लगायतका ठाउँहरुमा गएको उल्लेख गर्दै कलाकार केसीले त्यहाँ पनि भूकम्पको त्रास हटाउन स्थानियहरुलाई मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुती गरेको बताए । ‘यति बेला भूकम्पका कारण धेरै जिल्लाका बासिन्दाहरु त्रसित भएका छन्,न काम गर्न मन लागेको छ न अरु नै गर्न तर यो अवस्थामा सधै त्रसित भएर बस्नु हुन्न’, कलाकार केसीले अगाडी भने -‘त्यसैले हामीले विभिन्न ठाउँमा गएर भूकम्पको त्रास हटाउने काम गरिरहेका छौं । अब हामी स्कुलका विद्यार्थीहरुलाई भूकम्पको त्रास हटाउन विभिन्न मनोरजनात्मक कार्यक्रमहरु अगाडी सार्ने छौं ।’
प्रतिक्रिया