एस.पी.गौरब
सर्लाही,२१ जेठ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नं. ५ मा मंगलबार राती मोटरसाईकल दुर्घटना भएको छ । मंगलबार राती करिब ११ः५५ बजेको समयमा सर्लाहीको लालबन्दीस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फजांदै गरेको ज.२प.७९९३ न.को मोटरसाईकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सर्लाही हजरिया–५ बस्ने अन्दाजी बर्ष ५५ का कृष्ण्ाँ बाहादुर थिङ रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । चालकको टाउकोमा सामान्य चोट लागेको र मोटरसाईकलमा पछाडी सवार सोही ठाउँ बस्ने अन्दाजी बर्ष ४५ का राजकुमार रायमाझी पनि सामान्य घाईते भएको प्रहरकिो भनाई छ । उनीहरु दुुवै जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार भई घर फर्कि सकेको प्रहरीको भनाई छ ।त्यस्तै सर्लाहीमा बुधबार बिहान करिब ११ बजे मोटर साईकल दुर्घटना भएको छ । कौडेना–१ मा एक पार्कीङ गरि रोकी राखेका ओन टेष्ट मोटर साईकललाई गोडैताबाट कौडेना तर्फ आउँदै गरेको ओन टेष्ट मोटरसाईकलले ठक्कर दिँदा पाकिर्ङ गरी राखेको मोटरसाईकलका चालक सर्लाही कौडेना १ बस्ने बर्ष २३ का चन्द्र किशोर मुखिया विन घाइते भएका हुन । उनको दाहिने खुट्टामा चोट लागेको र उपचारको लागि जिल्ला अस्पताल सर्लाही पठाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीद्धारा करिब १ लाख बराबरको अबैध सामान बरामत ।
एस.पी.गौरब सर्लाही २० जेष्ठ ।
भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको अवस्थामा बुधबार बिहान सर्लाही प्रहरीद्धारा अवैध सामान बरामत गरिएको छ । जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी टोलीले गस्ति गर्ने क्रममा मलंगवा नगरपालीका वडा नं.२ ज.२प.४१९५ न.को मोटरसाईकलमा भन्सार छली नेपाल ल्याउदै गरेको मोविल करिब १२० लिटर र ग्रीस करिब २० के.जी.बरामत गरेको छ । गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उक्त सामान बरामत गरेको हो । प्रहरी आएको थाहापाए पछि तस्कर सामान छोडी भागेको जिल्ला प्रहर िकार्यलय सर्लाहीले जनाएको छ । बरामत गरिएको उक्त मोविल,ग्रीस र मोटरसाईकल गरी करिब १ लाख बरावरको सामान बरामत भएको प्रहरीले जनाएको छ । उक्त बरामत गरिएका सामानहरु बुधबार नै भन्सार कार्यालयमा बुझाईएको सर्लाही प्रहरलिे जनाएको छ ।त्यस्तै बुधबार बिहान करिब ९ बजेको समयमा मलंगवा नगरपालीका वडा नं.२ मा भारत बाट भन्सार छली नेपाल ल्याउदै गरेको चिसो जिल्ला प्रहरी कार्यलय सर्लाहीको गस्ति मोवाईल टोलीले बरामत गरेको छ । बरामत गरिएको स्प्राईट,डिउ,फेन्टा गरी करिब रु.५१५० बरावरको सामान फेला पारेको सर्लाही प्रहरी प्रवक्ता एवंम प्रहरी नायव उपरिक्षक रमेश खड्काले जानकारी दिए । उक्त बरामत गरिएका सामानहरु भन्सार कार्यालयमा बुझाइएको सर्लाही प्रहरीको भनाई छ ।
प्रतिक्रिया