मनोज बख्रेल
सर्लाही,२१ जेठ । खानेपानी सरसफाई तथा स्वास्थता समन्वय समिती सर्लाहीले जिल्लाका विभिन्न गाविसहरुमा खुल्ला दिसा मुक्त गाविस अभियान चलाई रहेको छ । जस अन्र्तगत आउँदो असार मसान्त सम्ममा सर्लाहीलाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिईएको छ । सोही क्रममा मंगलबारदेखी हरिपुर गाविसमा साताव्यापी सरसफाई तथा खुल्ला दिसा मुक्त गाविस घोषणा अभियान सुरु गरिएको छ । करिब २२ सय घरधुरी रहेको उक्त गाविसमा ७२ प्रतिशत स्थानीयबासीले आफ्नो घरमा चर्पी निर्माण गरि सकेका र बाँकी २८ प्रतिशतलाई पनि चर्पीको आवश्यकता किन, किन चर्पी निर्माण गर्ने,चर्पी किन बनेन भन्ने लगायतका जनचेतनामुलक साथै गाविसका हरेक घरघरमा पुगेर भिक्षा मागेर अति विपन्न गरिब परिवारलाई चर्पी निर्माण सामग्री उपलब्ध गराउने अभियानको सुरु भएको एक स्थानीय समाजसेवी विष्णु चालीसेले जानकारी दिनु भयो ।
उहाँका अनुसार हरिपुर गाविसका सचिव जर्नादन चालीसेको नेतृत्वमा सुरु गरिएको अभियानमा स्थानीयबासीको समेत भरपुर सहयोग रहेको छ । एउटा सामान्य चर्पी बनाउन करिब ५५ सय लाग्ने र चर्पी बनाउनै नसक्ने अतिविपन्न परिवारलाई गाविसको साथै उक्त भिक्षाबाट उठाईएको रकमबाट १५ का दरले दिएर भए पनि आगामी अषाढ मसान्त सम्ममा हरिपुर गाविसलाई खुल्ला दिसा मुक्त गाविस वनाए रै छाड्ने हरिपुर गाविसका गाविस चालीसेले जानकारी दिनु भयो । हरिपुर गाविसलाई खुल्ला दिसा मुक्त भए पछि मात्रै अभियानको अन्त्य हुने अभियान कर्ता चालीको भनाई छ । गाविसको वडा नं.५ खुल्ला दिसा मुक्त भईसकेको र अन्य वडाहरु पनि यो अभियानमा तिब्र रुपमा लागेको सचिव चालीसेले जानकारी दिनु भयो ।
प्रतिक्रिया