भरतपुर अस्पतालमा रोबोट जस्तो बच्चा, हेर्नेको भिड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार ०६:४५
varatpurभरतपुर,२१ जेठ । चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएपछि हेर्नेको भिड लागेको छ । हिजो दिउसो अस्पताल भर्ना भएकी रत्ननगर नगरपालिकाको मालपुरकी वविता मुशहरले जन्माएको बच्चा झट्ट हेर्दा विल्कुलै फरक स्वरुपको छ । राती ९ः५० बजे जन्मिएको बच्चाको दाँत देखिन्छ ।
 सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुशन्धानमा लागेका छन् । यस्तो किसिमको असामान्य बच्चाहरु बेला बेलामा जन्मिने गरेको भएपनि ठ्याक्कै यस्तै बच्चा भने नदेखिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुशन्धानका क्रममा चिकित्सकहरुले सो वालकलाई अपाङ्ता भएको भनेका छन् । सामान्यतया वावु आमाको जीनमा परिवर्तन आउँदा असामान्य बच्चाको जन्म हुने गरेको डा. पोखरेलले बताउनुभयो ।
त्यसैगरी गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने उहाँले बताउनुभयो । बच्चाको शारिरिक वनावट देखिएपछि शरिर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने उहाँले बताउनुभयो । ‘तर यस्तो प्रकृतीको बच्चा बाँच्ने गरेका छैनन्’, डा. पोखरेलले भन्नुभयो । अस्पतालको प्रसुती विभागमा लामो समय देखि काम गर्दै आएकी स्वास्थ्यकर्मी पन्चु लामाले अहिले सम्म यस्तो बच्चा नदेखेको बताउनुभयो ।
 झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भिड लाग्ने गरेको छ । कतिपयले त पैशा तिरेर बच्चालाई हेर्ने गरेका छन् । भिडियोका लागि क्लीक गर्नुहोला । भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभागका प्रमुख डा. सुनिल मणी पोखरेलसँगको कुराकानी पनि सुन्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१