१० दिनभित्र सरकारी जग्गाबाट भूकम्प प्रभावितहरुलाई उठाउने तयारी,जान अटेर गरे बल प्रयोग गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १५:३२

काठमाडौं,२० जेठ । सरकारले अबको १० दिनभित्र सरकारी जग्गामा बसेका भूकम्प प्रभावितहरुलाई उठाउने भएको छ । अहिले गाउँबाट विस्थापित भएर सदरमुकाम वा शहरका सरकारी जग्गामा बसेकाहरुलाई अब हप्ता १० दिनमा आफ्नै गाउँ फर्काउने तयारी गरेको छ ।भूकम्प प्रभावितहरु पहिरोका कारण बस्न नसकिने भन्दै शहरतिर झर्न थालेपछि सरकारले नीतिगत व्यवस्थासहित घर फर्काउन थालेको छ ।

mmmmmamamamamamamamaamभूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले सरकारले २१ प्रकारको भूमि व्यवस्थापन सहित निश्चित ठाउँ रोजि सकेकाले ती ठउँमा बसाउने बताए । उनले अबको एक हप्तामा ती ठाउँहरुबारे जानकारी दिने र त्यसमा जान आह्वान गर्ने बताए ।
‘अहिले धेरै भूकम्प प्रभावितहरु सरकारी जग्गामा बसिरहेका छन’, उनले भने ‘हामी उहाँहरुलाई उहाँको गाउँ नजिकै कतै सुरक्षित बास स्थानको व्यवस्था गर्दैछौ जानु भएन भने बल प्रयोग गरेर भएपनि हटाउने वाध्यता हुन्छ ।’ भूकम्प प्रभावितहरु अहिले धेरै जसो सरकारी जग्गामा सामुहिकरुपमा बसिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१