असार दोस्रो साता एसएलसीको नतिजा आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १३:३१

काठमाडौं,२० जेठ । गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको सम्परीक्षण गरिएका उत्तरपुस्तिका अधिकांश जिल्लाबाट परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर ल्याइएका छन्। भूकम्पका कारण नतिजा प्रकाशनमा असर पर्ने चिन्ता देखिए पनि सात जिल्लाबाहेक सबै जिल्लाका उत्तरपुस्तिका आइसकेको र बाँकी जिल्लाको पनि चाँडै केन्द्रमा आउने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताएका छन्। बाँकी जिल्लामा धनकुटा, ललितपुर, धनुषा, महोत्तरीलगायत छन्।

slc copyउहाँले नतिजा प्रकाशनका क्रममा सम्परिक्षण गरिएका उत्तरपुस्तिकालाई कम्युटरमा चढाउने काम भइरहेको र असार दोस्रो साताभित्र नतिजा प्रकाशनको तयारी भएको उनले जानकारी दिए। गत वर्ष चैत ५ गतेदेखि भएको परीक्षामा पाँच लाख ७४ हजार ६८५ विद्यार्थी सहभागी थिए ।
यसैबीच, भूकम्पप्रभावित जिल्लाका विद्यार्थीले आउँदो प्रवेशिका परीक्षा दिनका लागि तोकिएको भन्दा अन्यत्र जिल्लाका केन्द्रमा जान चाहेमा पीडितको पहिचानसहित स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयको सिफारिस आएमा त्यस्तो व्यवस्था गर्न सकिने नियन्त्रक द्वारेले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१