भूकम्पका कारण हालसम्म ८ हजार ७ सय २ जनाको मृत्यु,सरकारी अनुमान १० हजार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १३:२२

काठमाडौं,२० जेठ । देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी बुधबार विहानसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय २ जनाको ज्यान गएको छ । २२  हजार ४ सय ९३ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७२९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४५८, पश्चिम क्षेत्रमा ४५५ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३०१७, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७७४४, पश्चिम क्षेत्रमा १२४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८६७७ जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।
घाइतेमध्ये ४५८८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक १८९ विदेशी नागरिक ८० जना बेपत्ता भएका छन् ।
Dead Bodies Recoverयसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५३२६, मध्य पश्चिम क्षेत्रमा १००८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा ४६९५३९ भौतिक संरचनाहरु क्षती भएका छन् । नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१