एप्पलले उछिन्यो गुगललाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १२:४१

गुगललाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । विश्वका एक सय मूल्यवान ब्राण्ड मध्ये एप्पल पहिलो स्थानमा उक्लिएको छ । मार्केटिङ रिसर्च फर्म मिल्वार्ड ब्राउनले हरेक वर्ष सार्वजनिक गर्ने ब्राण्ड र्‍याङकिङमा यो वर्ष एप्पल पहिलो स्थानमा उक्लिएको हो । अघिल्लो वर्ष गुगल पहिलो स्थानमा थियो । त्यो भन्दा अघि तीन वर्षसम्म एप्पल नै पहिलो स्थानमा थियो ।
Appleतर गएको वर्ष गुगलले एप्पललाई पछि पारेको थियो । यो वर्ष भने एप्पलले आफ्नो पुरानो स्थान फेरि कब्जा गरेको छ । एप्पलको यो वर्षको ब्राण्ड भ्यालु दुई लाख ४६ हजार ९ सय ९२ मिलियन अमेरिकी डलर रहेको मिल्वार्ड ब्राउनले जनाएको छ । जुन सन् २०१४ को भन्दा ६७ प्रतिशत बढी हो ।
दोस्रो स्थानमा रहेको गुगलको ब्राड भ्यालु एक लाख ७३ हजार ६ सय ५२ मिलियन अमेरिकी डलर छ । जुन गएको वर्षको भन्दा मात्रै ९ प्रतिशत बढी हो । तेस्रो नम्बरमा माइक्रोसफ्ट छ भने चौंथो नम्बरमा आइबिएम तथा पाँचौं नम्बरमा भुक्तानी सम्बन्धी काम गर्ने कम्पनी भिसा रहेको मिल्वार्ड ब्राउनले जनाएको छ ।
आइफोन सिक्सको सफलता र एप्पलका अन्य उत्पादनको लोकप्रियताले एप्पललाई पहिलो स्थानमा पुर्‍याउन सहयोग गरेको हो । यस्तै उपभोक्ताको एप्पलप्रतिको विश्वास पनि अघिल्ला वर्ष भन्दा थप बलियो भएको मिल्वार्ड ब्राउनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१