दिलशोभा प्रकरणमा नागरिक दैनिकले माफी माग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार १२:३३

काठमाडौं, ६ जेठ । आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचार’ सम्बन्धी आरोप पुष्टि हुन नसकेको भन्दै नागरिक दैनिकले माफी मागेको छ ।
नागरिक दैनिकको मंगलबारको अंकमा ‘यौन दुराचार’ पुष्टी भएन शीर्षकको समाचारमा लेखिएको छ –‘आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचारु सम्बन्धी आरोप पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। दिलशोभाको टेलिफोन रेकर्ड भनी उजुरीसाथ संलग्न एकतर्फी फोनसंवाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निष्कर्ष निकालेको हो।’
उजुरीमा उल्लिखित अवैध बालगृह चलाएको, बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको र बालगृहका बालबालिकालाई बाहिर पठाउनेलगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको नागरिक दैनिकले छापेको छ ।
यसअघि नागरिकमा छापिएको खबरले दिलशोभाको सम्मान र मर्यादामा आँच पुगेको भन्दै सर्वत्र बिरोध भएको थियो । धेरैले भनेजस्तै ‘यौन दुराचार’ को आरोप पुष्टी नभएपछि नागरिक दैनिकले यसरी माफी मागेको छ :
Dil-Sobha
क्षमाप्रार्थी छौं

नागरिक दैनिकले वर्ष ५ अंक ३०१ मा समाजसेवी दिलशोभा श्रेष्ठमाथि परेको उजुरी र त्यसमा लगाइएको आरोपसम्बन्धी समाचार बिनापूर्वाग्रह प्रकाशित गरेको थियो।
त्यसमा उनीमाथि नागरिक आफैंले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समर्पित एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्त्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारपूर्ण देखिएको भन्ने प्रतिक्रियारआशय प्रकट गरिए।
नागरिक दैनिकले प्रकाशित गर्ने कुनै पनि समाचारले कुनै पनि रूपमा आफ्नो व्यावसायिक मर्यादा नाघ्न नहुनेमा हामी सधैं सचेत र सावधान छौं। तथापि आफ्नो व्यावसायिक धर्म पालना क्रममा श्रेष्ठमाथिको उजरीसम्बन्धी समाचार पाठकलाई अरुचिकर लागेको हामीले त्यतिबेलै महसुस गरेका हौं ।
तर केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरीले अनुसन्धान सुरु गरेको विषयमा अनुसन्धान टुंगो नलागुन्जेल थप प्रस्टीकरण दिन हतार गरेनौं। प्रहरीको अनुसन्धान प्रतिवेदनले दिलशोभा श्रेष्ठमाथि लागेका कतिपय आरोप पुष्टि गरे पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको औंल्याएको छ।
नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटका लागि हामी जिम्मेवारी महसुस गर्छौं, र यसका लागि क्षमाप्रार्थी छौं।
प्रधान सम्पादक (नागरिक दैनिक)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१