अपहरण गरेर पुरुषको विर्य चोरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १२:३५

पुरुषले महिलामाथि बलात्कार तथा जबरजस्ती गरेका घटना त सामान्य रुपमा सुनिने गरिएकै हो । तर दक्षिण अफ्रिकामा भने ३ जना महिला मिलेर एक युवकको अपहरण गरी बलात्कार गरेको घटना सार्वजनिक भएको छ । महिलाले पुरुषमाथि बलात्कार गर्नुको कारण पनि अनौठो रहेछ । समाचार अनुसार दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथस्थित क्वाजाखेले सहरबाट ३ जना महिला मिलेर एक ३३ वर्षे युवकको अपहरण गरे ।

manकालो कारमा आएका ३ जना महिलाले सडकमा रहेका युवकलाई बाटो सोधे । युवकले महिलाहरुले सोधे बमोजिमको बाटो बताइदिए । तत्कालै एकजना महिला हातमा बन्दुक बोकेर कारबाट ओर्लिइन् । ती महिलाले युवकलाई बन्दुक ताकेर कारभित्र जान निर्देसन दिइन् । कन्चटमा बन्दुक तेर्साइएका ती युवक कारभित्र छिरेपछि महिलाहरुले कार कुँदाएर ५ सय किलोमिटर टाढा पूराए ।
त्यसपछि कार रोकेर तिनैजना महिलाले ती युवकलाई यौन सम्पर्कका लागि उत्तेजित बनाउन थाले । तर युवकमा उत्तेजना नआएपछि उनीहरुले एउटा बोतलबाट केही चिज निकालेर रक्सीमा मिलाए अनि ती युवकलाई खुवाए । रक्सीमा नसालु पदार्थ खुवाएपछि ती युवकमाथि युवतीहरुले पटक पटक बलात्कार गरे । अनि युवकले स्खनल गरेको विर्य प्लास्टिक ब्यागमा संकलन गरे । त्यसरी संकलित विर्य कुलर बक्समा राखेपछि युवकलाई कारबाट बाहिर हुत्याएर महिलाहरुले कार अगाडि बढाए ।
प्रहरीले युवकको अपहरण गरी बलात्कार गरेर विर्य चोर्ने महिलाको खोजी गरिरहेको बताइएको छ । स्मरण रहोस् केही समयअघि दक्षिण अफ्रिकाकै गटेंगमा एकजना महिलाले पुरुषलाई नसालु पदार्थ खुवाएर स्खलित गराइ विर्य चोरेको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१