गर्मीमा मेकअप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १२:२८

गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विषेश ध्यान दिनुपर्दछ । अत्याधिक पसिना आउँदा घरबाट चिरिच्याट परेर निस्के पनि केहीबेरमै अनुहारको रूप फेरिन सक्छ । त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो । गर्मी याममा शरीर सुहाउँदो पहिरन र मेकअपबारे निम्न जानकारी उपयोगी हुनसक्छ ।
– गर्मीमा पहिरनलाई विषेश ख्याल गर्नुपर्छ । गर्मीयाममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका कपडा लगाउनु राम्रो हो । ‘प्रिन्टेड’ कपडाले पनि गर्मीमा हामीलाई आर्कषक र नयाँ ‘लुक्स’ दिन्छ । यस्ता पहिरनले शरीरको तापलाई नियन्त्रण गर्ने हुनाले हामीलाई गर्मीको आभास अलिक कम हुन्छ ।

make– युवतीहरूले एकैखालको ‘डिजाइन र ‘स्टाइललाई निरन्तरता दिनु हँुदैन । जसले हाम्रो ‘लुक्स’लाई पुरानो अनि ‘बोरिङ’ देखाउछ । ‘हेयर स्टाइल’ परिवर्तन गरिरहने, कपडा पनि एकैखालको नकिन्ने, मौसम अनुसार के लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे जानकारी लिने र बजारमा चलेको ‘फेसन’ अनुरूप आफू सुहाँउदो फेसन गर्ने ।
– सुन्दरताका लागि सुहाउँदो ‘मेकअप’ र ‘ड्रेसअप’ गर्नुपर्छ । छाला देखिने हुनाले यसको विषेश ख्याल गनुपर्छ । छालालाई स्वस्थ राख्न स्वस्थ जीवनशैली अवलम्बन गर्ने, जसले गर्दा भविष्यमा छालामा आउन सक्ने समस्या हटाउन मद्दत गर्दछ ।
– बजारमा कमसल वस्तुहरूको बिगबिगी भएकाले सौन्दर्यका सामान र पहिरनबारे सम्बन्धित सौन्दर्य विज्ञसँग परामर्श गर्ने । हचुवाका भरमा वा कसैले भनेकै भरमा सौन्दर्यका प्रसाधन प्रयोग नगर्नु राम्रो ।
घाममा निस्कँदा छालालाई जोगाउन ‘सनग्लास’, ‘सनस्किन’, ‘लोसन’ आदिको प्रयोग गर्ने । सकेसम्म ‘फुलस्लिप’ भएको सुतीका कपडा प्रयोग गर्नु फाइदाजनक हुन्छ । सुतीका कपडाले पसिना सोस्ने हुनाले गर्मीमा यसको विशेष महत्व हुन्छ ।

प्रस्तुतिः मनिषा रायमाझी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१