फर्किए हरिबोल अमेरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १२:२५

अमेरिका,२० जेठ । स्वदेशका महाभुकम्प पीडितलाई सक्दो सहयोग गरी नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारी मंगलवार राति अमेरिका फर्किनु भएको छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई पारिवारिक सदस्य, नेपाली जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी, शुभचिन्तक र साथीभाइले बिदाई गर्नु भएको थियो।  भण्डारीको बिदाईका लागि दाजु कृष्णहरि भण्डारी सहित नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नम्बर तीनका कोषाध्यक्ष दुर्गा बराल, कांग्रेसका युवा नेता लव दाहाल, समाजसेवी मधुकर राजभण्डारी, सञ्जयमान श्रेष्ठ, केशव चौलागाई सहित चलचित्र निर्देशकहरु शैलश आचार्य र विकास आचार्य विमानस्थल पुग्नु भएको थियो।

hearibolअमेरिका जानुअघि एक वक्तव्य निकाल्दै भण्डारीले मातृभुमिको पुर्ननिर्माणका लागि फेरि पनि स्वदेश आउने प्रतिबद्धता व्यक्त गर्दै तन, मन र धनले महाभुकम्प पीडितलाई सहयोग गरिरहने उद्घोष गर्नु भएको छ।
नेपाली जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरका सभापति समेत रहनु भएका भण्डारीले नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय अध्यक्ष आनन्द विष्टको नेतृत्वमा राजधानीका अतिरिक्त काभ्रे, धादिङ, गोर्खा लगायतका जिल्लाका विकट वस्ती पुगेर राहत वितरण गर्नु भएको थियो । त्यस्तै भण्डारीले नेपाली कांग्रेस क्षेत्र नम्बर तीनको विपत् व्यवस्थापन समितिसँगको समन्वयमा ४० भन्दा बढी घर टहरा निर्माण गरिदिनु भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१