चीनमा पानी जहाज डुब्दा ४ सय बढी बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार ११:४८

एजेन्सी । चीनको दक्षिण भेगस्थित यांगजी नदीमा पानीजहाज डुब्दा ४ सय बढी यात्रु बेपत्ता भएका छन् । चिनीया समाचार संस्था सिन्ह अनुसार अनुसार जहाजमा सवार यात्रु मध्ये अहिलेसम्म १० जनाको मात्र उद्दार गरिएको छ भने अन्यको उद्दार कार्य जारी छ ।

jahaj द स्टार नामक जहाज चीनको पूर्वी शहर नानजिंगवाट दक्षिण पश्चिमी शहर चोंगशिंग गइरहेका बेला समुद्रमा आएको आँधीका कारण डुबेको सिन्ह्वाले जनाएको छ । जहाजमा चालक दलका ४७ जना सदस्य सहित ४ सय ५० यात्रु सवार थिए । आधिंहुरी र वर्षाका कारण उद्दारमा कठिनाई भएको छ । यसैबीच चिनीया प्रधानमन्त्री लि खच्याङले जतीसक्दो चाँडो उद्दारकार्यमा जुट्न राज्य परिषद्को टीमलाई निर्देशन दिनुभएको छ । यसअघि गत जनवरीमा यांगजी नदीमा भएको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१