कक्षा १२ को परीक्षा आजबाट शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार ११:४६

काठमाडौं,२० जेठ । भुकम्पका कारण एक महिना पछि सरेको कक्षा १२ को परीक्षा आज शुरु भएको छ । गत बैशाख २० गतेवाट सञ्चालन गर्ने भनिएको परीक्षा भुकम्पका कारण सारिएको थियो । विहान ७ बजे शूरु भएको परीक्षा मुलुकका ६८ वटा जिल्लामा मात्र भइरहेको परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताउनुभयो । भुकम्पवाट अति प्रभावित गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, दोलखा र रामेछापमा भने परीक्षाका लागि अर्को तालिका सार्वजनिक गरिने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । यी जिल्ला बाहेक भुकम्पवाट परिवारका सदस्य गुमाएका तथा विशेष परिस्थितिवाट गुज्रिएका विद्यार्थीले प्रमाणका आधारमा मौका परीक्षा दिन पाउने परिषदले जानकारी दिएको छ ।

slcकक्षा ११ र १२ मा ६ लाख ७२ हजार ७ सय ४४ विद्यार्थीले परीक्षा दिदैछन् । कक्षा ११ को परीक्षा भने असार १ गतेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच परिषदले परीक्षामा सहभागि परीक्षार्थीका लागि मेडिकल रेस्क्यु टिम परिचालन गरेको जनाएको छ । परीक्षामा सहभागि परीक्षार्थी अचानक विरामी भए वा मानसिक रुपमा अस्वस्थ भए स्वास्थ्य परीक्षण गर्न रेस्क्यु टिम परिचालन गरिएको परिषदको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१