सूचना तथा सञ्चार क्लबद्धारा पत्रकारलाई राहत वितरण (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार ११:३२

1काठमाडौं, २० जेठ । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पका कारण पिडित बनेका एकसय जना पत्रकारहरुलाई सूचना तथा सञ्चार क्लब नेपालले एक बोरा चामल ,तेल र नुन  वितरण गरेको छ ।

8अनामनगर स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको राहत वितरण कार्यक्रममा बोल्दै मन्त्री लालबाबु पण्डितले सरकारले पनि हाल पत्रकारसगैं भूकम्पपीडित व्यक्तिहरुलाई राहत वितरण गर्ने कामको थालनी गरेको बताउदैं भूकम्पबाट प्रभावित भएका पत्रकारहरुलाई राहत वितरण गर्नु निकैनै खुसीको कुरा रहेको बताए ।

3

7महाभूकम्पको समयमा पिडितहरुका दुःख, अभाव, समस्या र सास्तीका कुरा मिडियामा ल्याउने पत्रकार नै पिडामा परेको महशुस गरेर यस संस्थाले पिडित पत्रकारहरुलाई समेत राहत दिनुपर्ने महसुस गरेर राहत संकलन गरेको हो ।

4 सो संकलित राहत सामाग्री विशेष कार्यक्रमको आयोजना गरेर वितरण गरिएको हो । यस महाभुकम्पमा परेर प्रभावित भएका जिल्लाहरुका पत्रकारहरुलाई राहत वितरणमा विशेष प्राथमिकता दिइएको थियो ।
9सभासद जगदिशनरसिंह केसीले बोल्दै पत्रकार देशका चौथो अंग भएपनि उनीहरु आफैं भूकम्पबाट पीडित भएका कारण पत्रकारहरुको दुखमा मलम लगाउने काम गर्नु निकैनै खुसीको कुरा रहेको उनले बताएका छन् ।  केसिले पत्रकारहरुको दुखमा मलम लगाउन आफुले पनि राहतका लागी सहयोगी हात बढाएको बताए । प्रेस काउन्सीलका अध्यक्ष बोण बहादुर कार्की, विवेकशील नेपालीका सस्थापक सल्लाकार  सिमोन ढुङ्गाना लगायतका व्यक्तिहरुको उपस्थितीमा संस्थाले राहत वितरण कार्यक्रम गरेको हो ।

10राहत वितरण कार्यक्रममा बोल्दैं प्रेस काउन्सीलका अध्यक्ष बोण बहादुर कार्कीले पत्रकारहरुको दुखमा मलम लगाउने काम गरेकोमा र सूचना तथा सञ्चार क्लब नेपाललाई उनले धन्यवाद व्यक्त गरेका थिए । विवेकशील नेपालीका सस्थापक सल्लाकार सिमोन ढुंगानाले पत्रकारहरु दिन रात नभनी जनतालाई सू सुचित गराउन लागीपरेपनि उनीहरु आफैं भूकम्पबाट पीडित भएको बताउदैं ढुंगानाले पत्रकारहरुलाई पनि अब सरकारले राहत वितरण गर्नु पर्ने बताए ।

2

12

6पत्रकारहरु दिन रात जनतालाई सूसुचित गराउदैं हिडेपनि उनीहरु पीडित भएको कसैले नदेखेका कारण आफुले पनि यस अभियानलाई साथ दिएको बताए ।
13
त्यस्तैं समाजसेवी सकिला पाठकले पनि पत्रकारहरु भूकम्पबाट पीडित भएको देखेर आफुले सानो सहयोग गरेको बताइन । पत्रकरहरुको दुख हेर्न नसकेर आफुले केहि राहत सहयोग गरेको बताएकी थिइन ।??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ??????????????????????????????? ???????????????????????????????
त्यस्तैं सोहि क्रममा बोल्दैं समाजसेवी खुम बहादुर सुवेदीले पनि पत्रकारहरुलाई सहयोग गर्न पाउदाँ खुसी लागेको बताएका छन् । पत्रकारलाई आफ्नो व्यक्तिगत सहयोगबाट केहि राहत वितरण गरेको पनि उनले बताए ।
15सूचना तथा सञ्चार क्लब नेपालको आयोजनामा गरिएको राहत वितरण कार्यक्रममा विवेकशिल नेपाली,  MGH Global WLL, QATAR परिवार युनिभर्सल  पिस फेडरेसन काभ्रे , युनिभर्सल टाइम्स ,समाजसेवी खुम बहादुर सुवेदी, समाजसेवी सकिला पाठक, नबिन श्रेष्ठ ,सुमित्रा रंजित र राष्ट्रिय युवा परिषद नेपालका  सरोज बानिया  लगाएत व्यक्ति तथा संघ संस्थाहरुले राहत सामाग्री उपलब्ध गराउका थिए । राहत वितरण कार्यक्रममा सूचना तथा सञ्चार क्लब नेपालका महासचिब  मुकुन्द ढुंगानाले पीडित पत्रकारलाई राज्यले गर्न नसकेको काममा हामीले होस्टेमात्र गरेका हौं । उनले अगाडी भने हामीले चाहे जती राहत सामाग्ी पत्रकारहरुलाई दिन नसकेको दुखी छौं ।

mansihआगामी दिनमा पनि पत्रकारहरुलाई सूचना तथा सञ्चार क्लब नेपालले आगामी दिनमा पनि भिभिन्न  सहयोग  गर्ने बताएका थिए । राहत कार्यक्रम सहज र बेबस्थित भएको सूचना तथा सञ्चार क्लब नेपालका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए ।11272001_845818708858721_557610887_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१