परिवार दलले नव ग्रामीण अभियान संचानल गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार २०:३५

11018809_838936006161920_2410205566773370097_n (1) काठमाण्डौं, १९ जेठ

नेपाल परिवार दलको केन्द्रीय समितिको विस्तारित बैठक तराई–मधेश केन्द्रित जिल्ला कार्य समितिहरुलाई भूकम्प प्रभावित पहाडी जिल्लाहरुको पुनर्निर्माणमा स्वयंसेवा गर्ने कार्यसूची पारित गर्दै काठमाण्डौंमा सम्पन्न भएको छ । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरु लगायत तराई मधेश केन्द्रित १९ जिल्ला र विनासकारी भूकम्पबाट प्रभावित १५ पहाडी जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा तराई–मधेस केन्द्रित १९ जिल्लाका कार्यकर्ताहरुलाई देश दुखेको बेलामा भूकम्पबाट अति प्रभावित पहाडी जिल्लामा गई सेवा गर्नका लागि निर्देशन दिइएको थियो । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले कार्यकर्तालाई राष्ट्रको झण्डा बोकेर फिल्डमा जान र राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश दिन आग्रह गरेका थिए । उनले भने, “राष्ट्र र जनता पहिलो प्रथमिकता भन्ने मूल नारा बोकेर राष्ट्र निर्माणमा जुट्ने बेला आएकोले सो अनुसार राष्ट्र र जनतालाई पार्टी भन्दा माथि राखी अघि बढ्नुस् । सक्कली वा नक्कली रुख चिन्ने बेला यही नै हो ।”
बैठकको निर्णय अनुसार तराई मधेशका जिल्ला धनुषा, महोत्तरी, रौतहट–सुनसरी, बारा, पर्शा, कैलाली, मोरङ्ग, सर्लाही, चितवन, झापा, रुपन्देही–कपिलवस्तु, सिराहा–सप्तरी, बर्दिया, दाङ्ग र बाँके जिल्लाका शान्ति स्वयंसेवकहरु भूकम्प प्रभावित पहाडी जिल्ला क्रमशः गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, धादिंग, काठमाण्डौं, काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, रामेछाप, ओखलढुंगा, मकवानपुर, सिंधुली र लमजुङ्ग जिल्लामा पाँच दिनसम्म पुनर्निर्माणमा परिचालित हुनेछन् । 11215071_838935972828590_4563290866240607309_n
सो अवसरमा विभिन्न विशेषज्ञहरुबाट पनि कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण सत्रमा भूगर्भविद् डा. तारानिधि भट्टराईले भूगर्भ र भूकम्पका बारेमा प्रशिक्षण दिएका थिए भने मनोविद् श्रीमती चेतना लोकसमले भूकम्पले पारेको मनोवैज्ञानिक असर र प्राथमिक मनोवैज्ञानिक उपचारका बारेमा प्रशिक्षण दिएकी थिइन् । त्यस्तै, स्ट्रक्चरल इन्जिनियर सुनिल यादवले घर कति बलियो हुने भन्ने कुरा भूबनोटदेखि छडको स्तर लगायत धेरै कुराहरुले प्रभाव पार्ने हुनाले घरको स्ट्रक्चर निर्धारणका बारे यसै भन्न सकिने स्थिति नरहेको बताए । उनले भने, गाउँघरमा पाइने बाँसको प्रयोगले पनि बलियो घर बनाउन सकिन्छ ।
शान्ति स्वयंसेवकहरु आउँदो जेठ २३ गते देखि २७ गते सम्म स्थानीय निकायसँग समन्वय गरी सामाजिक एवं शैक्षिक संस्थाहरुको पुनर्निर्माणमा सक्रिय हुने लगायत नव ग्रामीण जागरण अभियान समेत संचालन गर्ने कुरा नेपाल परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१