आइफोन छाड्ने ग्राहकलाई एप्पलले दुःख दिएको खुलासा, सामसुङमा म्यासेज जान प्रतिबन्ध !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार १२:१९

काठमाडौँ,६ जेठ । आइफोन निर्माता एप्पले अर्को प्रतिस्पर्धी सामसुङका मोबाइल सेटमा एसएमएस नजाने बनाएको खुलासा भएको छ ।
हालै अमेरिकको क्यालिफोर्नियामा एक महिला प्रयोगकर्ताले आफ्नो सामसुङ सेटमा आइफोन प्रयोगकर्ताको मोबाइलबाट एसएमएस नआएको भन्दै मुद्दा दायर गरेपछि अहिले एप्पल पिडीतहरु आफ्नो पिडा सुनाउन थालेका छन् ।
यो सम्बन्धी समाचार छापेको बिजनेस इनसाइडरसँग कुरा गर्दै धेरै एप्पल प्रयोगकर्ताले एप्पलको यही बदमासीका कारण आफुले नचाहँदा नचाहँदै पनि सामसुङका उत्पादन त्याग्नुपरेको बताएका छन् ।new-iphone-5-vs-samsung-galaxy-s-iii-comparison
एक पुरुषले पत्रिकासँग भने– ‘म सामसुङ सेट फाल्नुपर्ने अबस्थामा पुगेँ किनकी एप्पल प्रयोगकर्ताको मोबाइलबाट म्यासेज नआउँदा मेरो ब्यापार चौपट हुने अबस्था आयो ।’ अर्का पिडीतले आफ्नो बोसको म्यासेज आफुकहाँ नआएका कारण जागिरै गुमाउने अबस्थामा पुगेको बताए ।
धेरैजसो पिडीतको एकै खालको गुनासो थियो । एकदुई पटक हैन दर्जनौंपटक यस्तो भएको उनीहरुले बताए । आफ्नो प्रियजनबाट बेलामा एसएमएस नआउँदा सम्बन्ध नै धरापमा परेको उनीहरुले बताए ।
खासगरि जुन प्रयोगकर्ता आइफोन त्यागेर एन्ड्रोइड फोन लिने गरेका छन ती प्रयोगकर्ताकहाँ आइम्यासेजले एसएमएस पठाउन रोक्ने गरेको खुलासा भएको छ । पिडीत महिलाले मुद्दा हालेको समाचार आएपछि बिजनेस इनसाइडरलाई करिव ४ सय पिडीतले इमेल गरि आफ्ना दुःख सुनाएका छन् ।
एप्पलकै एक पूर्व कर्मचारी भन्छिन–‘मेरो नयाँ अफिसमा बोससहित सवै सहकर्मीले आइफोन प्रयोग गर्दथे, मैले नयाँ काम थाल्नुअघि सामसुङ प्रयोग गर्न थालेँ । तर, दुई सातासम्म बोससहित कुनै पनि सहकर्मीको म्यासेज रिसिभ गर्न नसकेपछि बाध्य भएर आइफोनमै फर्किएँ ।’
यसबारे एप्पलले कुनै प्रतिक्रिया दिएको छैन् । आइफोनको आइम्यासेज रिसेट गर्ने उपायहरु भएपनि एप्पलको यो बदमासी उपभोक्ता ठगिको उत्कर्ष भएको भन्दै आक्रोश बढेको छ ।
मोबाइल बिक्रेताहरुका अनुसार आइम्यासेजको बदमासीबाट वाक्क भएका ग्राहकहरु सामसुङ लगायतका एन्ड्रोइड सेट फिर्ता गर्दै पुरानै आइफोन प्रयोग गर्ने गरेको बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१