विद्यार्थी सङ्गठनले दिए आन्दोलनमा गर्ने चेतावनी,१ महिनाको शुल्क मिनाहा गर्न माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १५:०८

काठमाडौं,१९ जेठ । निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलनको तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आन्दोलनको तयारी गर्नुपरेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

nenenenअनेरास्ववियु (छैटौँ) का अध्यक्ष अनिलकिशोर घिमिरेले पनि निजी विद्यालयले मनपरी शुल्क लिएकाले मिनाहाका लागि दबाब दिन सङ्गठनका बीचमा छलफल भइरहेको जानकारी दिए । विद्यालय भवनको भाडा तिर्नुपर्ने बहानामा पठनपाठन नै नभएको समयको समेत पुस्तकालय, अतिरिक्त क्रियाकलाप, खेलकुद, सवारी शुल्क आदि लिनु सरासर अव्यावहारिक भएको लामिछानेले बताए । उनले कुनै पनि हालतमा आफूहरुले एक महिनाको शुल्क मिनाहा गराइछाड्ने बताए । आफ्ना मागका बारेमा शिक्षा मन्त्रालय मौन बसेकोप्रति पनि विद्यार्थी सङ्गठनले असन्तुष्टि व्यक्त गरेका छन् । गत वैशाख ६ गते भएको सम्झौता कार्यान्वयनतर्फ तत्काल सरकार लाग्नुपर्ने उनीहरुको माग छ । आफूहरुको विपत्तिबाट फाइदा नभई मानवीयता प्रदर्शन गर्न विद्यार्थी सङ्गठनले निजी विद्यालयलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१