दरबार हत्याकाण्ड : आखिर किन छ अझै रहस्य !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १२:२८

२०५८ साल जेठ १९, नेपालको शाहबंशीय शासन इतिहासमै भयानक दरवार हत्यकाकाण्ड भएको दिन । तत्कालीन राजा विरेन्द्र शाह सहित उनको बंशनास हुनेगरि भएको दरवार हत्याकाण्ड अझै पनि नेपाली इतिहासमा रहस्यकै बिषय छ ।
विरेन्द्र शाहको बंश नास कसले, किन र कसरी ग¥यो भन्ने बिषयमा १४ बर्ष बितिसक्दा समेत अझैसम्म पनि निष्पक्ष छानविन र अनुसन्धान हुन सकेको छैन । १४ बर्षमा खोलो पनि फर्कन्छ भन्ने नेपाली उखानलाई समेत माथ गर्दै दरवार हत्याकाण्डको रहस्य, रहस्यकै बिषय छ । नारायणहिटी राजदरवारमा तत्कालीन शाहबंशीय राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुति, बिरेन्द्रका कान्छा भाई धिरेन्द्र सहित १० जनाको ज्यान जानेगरि भएको दरवार हत्याकाण्डको आज १४ बर्ष वितिसकेको छ । तत्कालीन अवस्थामा लोकप्रिय मानिएका राजा सहित उनको बंश नास गर्ने दरवार हत्याकाण्डको केही बर्षमै नेपालबाट राजतन्त्र अन्त्य भयो । राजतन्त्र रहेसम्म दरवारको दवाव र गणतन्त्रपछि दरवार प्रतिको वेवास्तका कारण यो हत्यकाण्डबारे अझैसम्म पनि जनतालाई चित्तबुझ्दो छानविन हुन सकेको छैन ।
kingहत्यकाण्डलगत्तै तत्कालीन प्रधान न्यायाधीश सुर्यनाथ उपाध्यायको नेतृत्वमा गठन भएको सरकारी छानविन समितिले तत्कालिन युवराज दीपेन्द्रले नसाको सनकमा अन्धाधुन्ध गोली चलाएको प्रतिवेदन सार्वजनीक ग¥यो । दिपेन्द्रले प्रेम गर्दै आएकी युवती देब्यायनीलाई परिवारले विवाहको स्विकृती नदिएपछि नसाको सनकमा रहेका दिपेन्द्रले आफ्नै परिवारका सदस्यलाई गोली हानेको निष्कर्ष छानविन समितिको थियो । छानविन समितिका अनुसार घटनाका प्रत्यक्षदर्शीहरुले एकस्वरमा हत्याको दोश दिपेन्द्र माथी दिए । गोली लागेर अचेत दिपेन्द्रको पनि दुई दिन पछि जेठ २१ गते बिरेन्द्र सैनिक अस्पतालमा अचेत अवस्थामै निधन भएपछि हत्याकाण्ड रहस्यको बिषय बनेको थियो । छानविन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले घटनाको एकमात्र दोशी दिपेन्द्र भएको बताएका थिए ।
छानविन समितिले हत्याकाण्डको सम्पूर्ण दोश दिपेन्द्रमाथी देखाएपछि तत्कालीन राजनीतिज्ञ र जनताले त्यसमा विश्वास गरेनन् । दरवार हत्यकाण्डपछि गद्दीमा आएका विरेन्द्रका माइला भाई ज्ञानेन्द्र र उनका छोरा पारसमाथि हत्याको आशंका गरियो । हत्याकाण्डमा उनको परिवार मात्र जिवित भएका कारण उनिमाथी आरोप लगाइएपनि त्यो आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण भेटिएन । दाजुको हत्यासंगै श्रीपेच पहिरिएका ज्ञानेन्द्रले आफूमाथि लागेको हत्याको कालो धब्बा मेटाउन शासनकाल भरी जनतास“ग नजिक बन्ने र धार्मीक बन्ने भरपूर प्रयत्न पनि गरिरहे । ६ बर्षे शासनकालपछि ज्ञानेन्द्र राजाबाट जनता बने । राजतन्त्र हटेर देशमा गणतन्त्र आयो । तरपनि ज्ञानेन्द्र र पारसलाई छानबिनको घेरामा ल्याउने साहस त्यसपछि पनि राज्यले गर्न सकेन ।
हत्यकाण्डको दोष दिपेन्द्र र ज्ञानेन्द्र वा पारसमा मात्र सिमीत रहेन । नेपालको राजतन्त्रलाई कमजोर बनाउने भारतीय योजना अनुरुप दरवार हत्याकाण्ड भारतीय षड्यन्त्रमा भएको प्रतिवेदन नेपालका खुफीया एजेन्सीहरुले सरकारी पक्षलाई बुझाएपनि त्यसमा थप अनुसन्धान हुन सकेन । माओवादीले सुरुबाटै हत्याकाण्डलाई राजनीतिक षडयन्त्र भन्दै त्यसमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र र केही विदेशी तत्वको हात रहेको दाबी गर्दै आएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्डलाई ‘ग्राण्ड डिजाइन’ भन्दै विदेशी षड्यन्त्रको संकेत गरेका थिए । लामो समयसम्म दिपेन्द्रको साथ रहेका दरबारका पूर्वसचिव डा. विश्वराज शाह लगायतले हत्याकाण्ड देवयानीसंगको प्रेम सम्बन्धका कारण मात्र नभइ, भारतको समेत हात हुनसक्ने दाबी गरिसकेका छन् । हत्यामा विदेशी षड्यन्त्रको तर्कपछाडी बिरेन्द्र र भारतबीचको चिसिएको सम्वन्धलाई समेत तौलेर हेर्ने गरिएको छ । तर हत्याकाण्डमा दिपेन्द्र, ज्ञानेन्द्र वा पारस र भारत को दोशी थियो विश्वस योग्य तथ्य कुनैपनि माध्यमबाट सार्वजनीक हुन सकेको छैन ।
हत्याकाण्ड भएको नारायणहिटी राजदरवार २०६५ सालपछि दरवार संग्रहालयको रुपमा खुल्ला गरियो जनताका लागि । तर त्यतिबेलासम्म हत्याकाण्ड भएको स्थल त्रिभुवन सदन भत्काएर खण्डहर बनाइएको थियो । देशमा राजतन्त्र अत्यको नारा लिएर २०६२- ६३ को आन्दोलन चलिरह“दा नारायणहिटीभित्र त्रिभुवन सदन ढलिरहेको थियो । दरवार आफैंले नारायणहिटीभित्रको त्रिभुवन सदन ढाल्यो, सात दलको आन्दोलन र माओवादी जनयुद्धको बलले राजतन्त्र नै ढाल्यो । भवन र व्यवस्था ढल्दै जान्छन्, इतिहास बन्दै जान्छन् । तर नारायणहिटी हत्याकाण्डको रहस्य भने इतिहासमा रहस्यकै रुपमा थप मजवुद बनिरहेको छ । दरवार हत्याकाण्डपछिको १४ बर्षसम्म हत्याकाण्डको पुन छानविनका कुरा पनि पटकपटक उठे उठाइए, फेरी सेलाएर गए । विस्तारै हत्याकाण्डका साक्षीहरु पनि नरहलान्, बाँकी रहेका सानातिना प्रमाणहरु पनि मेटिएलान्, तर इतिहासमा यो रहस्य कहिल्यै नमेटिने गरि लेखिएको छ ।
विरेन्द्र–भारत सम्वन्ध
हत्याकाण्डबारे दरबारका पूर्वसचिव डा. विश्वराज शाहको आफ्नै दाबी छ । लामो समयसम्म दीपेन्द्रको साथ रहेका डा. शाह हत्याकाण्डका पछाडि देवयानीसंग दीपेन्द्रकोे प्रेमसम्बन्ध रहेको त दाबी गर्छन नै, त्यसबाहेक भारत पनि कारकतत्वको रहेको हुनसक्ने जिकिर गर्छन् । सबैलाई थाहा छ, राजा वीरेन्द्रको शासनकालमा भारतसंग दरबारको सम्बन्ध सुमधुर थिएन । ०४५ सालमा चीनबाट हतियार ल्याइएको निहुँमा भारतले नेपालमाथि थोपरेको नाकाबन्दी त्यसैको एउटा उदाहरण हो । ०५७ सालमा राजा वीरेन्द्रले संसदबाट पारित नागरिकता विधेयकमा लालमोहर नलगाई फर्काइदिएको घटनाले पनि भारतसंग दरबारको सम्बन्ध चिस्याएको बताइन्छ । नेपाललाई आफ्नो हित र स्वार्थअनुकूल चलाउन भारतले कमजोर राजा चाहिरहेको थियो । यतिमात्र होइन, भारत ग्वालियरको राजघरानासंग देवयानी राणाको नजिकको नाता सम्बन्ध थियो । त्यसैले पशुपति शमशेरकी छोरी देवयानीसंग दीपेन्द्रको बिहे भए नेपालको शासनसत्तामा भारत हाबी हुनसक्ने आशंका राजारानीलाई थियो ।
दरबार हत्याकाण्ड हुनुअघि भारतबाट आएका एकजना योगी महिनादिनदेखि राजधानीको याक एण्ड यति होटलमा बसेका थिए । दरबारका पूर्वसचिव डा. विश्वराज शाह भन्छन्– उनले दीपेन्द्रलाई तन्त्रमन्त्र गरेका थिए । छाउनीस्थित सैनिक अस्पतालमा दीपेन्द्रको शव हेर्दा छातीमा तन्त्रमन्त्र गरिएको चिलको नंग्रा भएको लकेट भेटिएको थियो । देवयानीसंगको प्रेमसम्बन्धलाई हतियार बनाउंदै राजनीतिक षड्यन्त्रबाट दरबार हत्याकाण्ड गराइएको दाबी ऐश्वर्याका नजिकका नातेदार शाहको छ । डा. विश्वराज शाहका अनुसार, युवराज दीपेन्द्र बाबुआमालाई निकै श्रद्धा गर्थे । बाबुआमासामु टाउको ठाडो पार्ने आँटसम्म गर्दैनथे दीपेन्द्र । यसैले अन्य कसैको उक्साहटमा दीपेन्द्रले आमाबाबुलाई गोली हानेको तर्क गर्नेहरुको पनि कमी छैन ।

-अशोक दाहाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१