अनुहारको चिल्लोपन कम गर्ने उपायहरु !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार ११:२५

चर्को घाम र वातावरण प्रदुषणले मानिसको अनुहारमा चिल्लोपना बढ्ने गर्छ । केही मानिसको छाला नै चिल्लो प्रकारको हुन्छ । अनुहारको छालामा चिल्लोपना बढी भएमा डण्डिफोर तथा खटिरा आउने सम्भावना बढी हुन्छ । यस्ता खटिरा दाग बनेर अनुहारको सौन्दर्य बिगार्न सक्छ । त्यसैले छाला स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसम त चिल्लो छाला हुनेका लागि टाउको दुखाई नै बन्छ ।
घाम, तातो खानेकुरा र क्रिमले पनि कतिपय मानिसको छाला चिल्लो बनाउँछ । त्यसैले के कारणले यस्तो भएको हो त्यसैअनुसार यस्तो समस्याको निराकरण गर्न सकिन्छ ।
faceअनुहारको छाला स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिनुपर्छ । अनुहार चम्किलो राख्न पानी प्रशस्त पिउने, फलफूल तथा हरियो सागसब्जी खान जोड दिनुपर्छ । कपालमा लगाएको तेलले पनि अनुहारमा चिल्लो बढ्छ । छालामा चिल्लोपना बढी भएका मानिसले व्युटिसियनको सल्लाहमा सनब्लक तथा अन्य क्रिम प्रयोग गर्नुपर्छ । श्रृङगार सामग्रीले समस्या उत्पन्न भएको छ भने छाला रोग विशेषज्ञसंग सल्लाह लिनुपर्छ । कतिपय मानिसलाई छालाअनुसार श्रृङ्गार सामग्री नफाप्न सक्छ ।
गर्मी मौसममा अनुहारमा बढी नै चिल्लो निस्कने हु“दा धूलो टा“सिएर खटिरा आउन सक्छ । धुवाँ, धुलो उड्ने ठाउँमा जानुभएको छ भने जतिसक्दो चाँडो मुख धुनु राम्रो मानिन्छ । अनुहारमा चिल्लोपना आउनेबित्तिकै नरम कपडाले मुख पुछ्नु पर्छ । अनुहारमा चिल्लोपना कम गर्ने सबैभन्दा राम्रो उपाय उचित सरफाई र खानपान नै हो । बढी चिल्लो खाना नखाने गर्दा पनि अनुहारमा चिल्लोपना कम हुन्छ ।

प्रस्तुति : सन्जिना श्रेष्ठ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१