यौन सम्पर्कको बेला ठूलो आवाज निकालेको भन्दैं युवतीलाई जेल चलान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार ११:१९

एजेन्सी । ब्रितानी शहर बर्मिंघममा एक अदालतले यौन सम्पर्कको बेला ठूलो आवाजमा नकराउन दिएको आदेश उल्लंघन गर्ने एक युवतीलाई जेल पठाएको छ । बर्मिघमको स्माल हिथ क्षेत्रमा बस्ने गैमा वेललाई दुई हप्ताको सजायँ दिइएको हो । न्यायधिसले सजायँ सुनाउँदै भनेका छन्, ‘यौन सम्पर्क गर्दा चिच्याएर समाज विरोधी व्यवहारको सम्बन्धमा दिएको आदेश उल्लंघन गरेको र छिमेकीलाई हैरान बनाएको पाइयो ।’ उनलाई एक छिमेकीले दिएको उजुरीको आधारमा बर्मिंघम सिटी काउन्सिलले कारवाहीको आदेश दिएको हो ।

dontन्यायधिस एमा कैलीले महिलाले आफ्नो प्रेमीसँग बहस गरेर र यौन सम्पर्कको बेला चिच्याएर अदालतको आदेश उल्लंघन गरेको बताए । उजुरी दिँदै छिमेकीले भनेकी थिइन्, ‘गैमा यौन सम्पर्कको बेला चिच्याउने र हल्ला गर्ने गर्छिन् । यो काम १० मिनेटसम्म चल्यो र त्यतिबेलासम्म हामी ब्यूँझिरह्यौं ।’ न्यायधिसले भनेका छन्, ‘म यो कुरामा सन्तुष्ट छु कि २९ जनवरीको बिहान करिब पाँच बजे अभियुक्तले सेक्सको क्रममा कराउने र हल्ला गर्ने काममा दोषी देखिएकी छिन् । उनको आवाज यति ठूलो थियो थियो छिमेकीले समेत हैरानी व्यहोर्नुपर्यो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१