तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा रूपन्देही ११ विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १०:५५

gameभूकम्पपीडितलाई सहयोग जुटाउने उद्देश्यसहित बुटवलमा सुरु भएको १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार आर्मी क्लव र धरान फुटबल क्लव भिड्नेछन् । रूपन्देही फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर वुटवलमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रूपन्देही ११ विजयी भएको छ । खेलमा रूपन्देही ११ ले भ्याली स्पोर्ट्स क्लब पोखरालाई पेनाल्टी सुटआउटमा ४-२ ले हरायो ।

निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो । प्रतियोगितामा सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, झापा ११ र दार्जिलिङ ११ गरी ८ टिम सहभागी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१