टचस्क्रिन भएको गुगलले ल्याउदैंछ स्मार्ट जिन्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १०:३४

अमेरिकन जिन्स कम्पनी लिभाइससँग मिलेर गुगलले प्रयोगकर्ताका लागि जिन्स उत्पादन गर्ने भएको छ। तर यो सामान्य जिन्स नभएर स्मार्ट जिन्स हुनेछ जसलाई टचस्क्रिनका साथमा अपरेट गरिनेछ। ‘ज्याकुवार्ड’ नाम दिइएको यो प्रोजेक्टले स्मार्ट फेब्रिक बनाउनेछ। स्मार्ट उपकरणको भन्ने बित्तिकै स्मार्टफोन, ल्यापटप, ट्याब्लेट लगायत अन्य ग्याजेट्सहरु पर्नेमा अब स्मार्ट कपडा पनि पर्ने भएको छ। कम्पनीको सानो टिम एड्भान्स्ड टेक्नोलोजी एण्ड प्रोजेक्टससँग यो ‘ज्याकुवार्ड’ प्रोजेक्ट रहेको बताइएको छ। यो टिमले इन्टरएक्टिभ टेक्सटाइलमा काम गरिरहेको छ र यसले कन्डक्टिभ धागोलाई कपडामा बदलिदिन्छ जसबाट स्मार्ट हुने गुण त्यसमा आउँछ। यसले टचस्क्रिनमा काम गर्न सक्छ।

smart jesयो विशेष धागोेलाई फेब्रिकमा नदेखिने गरी सिलाइने र यो अरु सामान्य कपडा सरह लचिलोका साथै धुन मिल्ने पनि बताइएको छ।‘ज्याकुवार्ड’को माध्यमबाट साधारण कपडामा टच र गेस्चर (शरिरको हाउभाउ) जस्ता विशेषता र प्रविधी सामेल गरिने बताइएको छ। यसपछि यो कपडा जुन कामका लागि प्रयोग गरेपनि त्यसमा टच प्याडको सुविधा हुनेछ।  एड्भान्स्ड टेक्नोलोजी एण्ड प्रोजेक्टसका अनुसार कन्डक्टिभ धागोहरु स–साना सर्किटसँग जोडिएका हुन्छन् जसले टच वा स्वाइप थाहा पाउँछन्। अर्थात् प्रयोगकर्र्ताले यसको माध्यमबाट आफ्नो स्मार्ट उपकरणलाई चलाउन सक्छन्। यसबाट स्मार्टफोन पनि अपरेट गर्न सकिने छ। डाटा पठाउने, फोन गर्ने, च्याट गर्ने, म्यासेज पठाउने आदिजस्ता कामहरु सजिलै गर्न सकिने बताइएको छ। यसको मूल्य र सार्वजनिक मितिका बारेमा भने केही जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१