अमेरिकामा समानताको हत्या गर्नेलाई ८५ बर्षको जेल सजाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १०:२८

अमेरिका,१८ जेठ । नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय फैसला अदालतले सुनाएको छ। हिजो जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्लाक्सबर्गले सजाय तोकेको छ। गत बर्ष नै नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको थियो।

nepali stuहत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्लाक्सबर्गका स्थानिय बासिन्दा भएको प्रहरीले पनि प्रहरीले जनाएको थियो। अमेरिकाको निकै चर्चित भर्जिनिया टेक्निकल विश्व विद्यालयमा निकै नेपाली बिद्यार्थीहरु अध्ययन गर्छन।
न्यायाधिसले मुख्य अभियुक्त हत्यारा जेसिका मिशेल विङ्गले ४५ बर्ष सम्म सजाय काटे पछि उसका आचरण ,ब्यबहार ,अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने भनि मोन्टगेमरी काउन्टी सर्कुट अदालतका न्यायाधिसले फैशला समेत गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१