कोरीया सरकारबाट स्वास्थ्य विमा लागु गर्न ४६ करोड अनुदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ११:५३

शेखर केसी ,६ जेठ ।  सिंहदरबार । नेपाल सरकार र कोरिया सरकारबीच राष्ट्रिय स्वस्थ्य विमा सहयोग परियोजनाको लागी सम्झौता भएको छ । अर्थ मन्त्रालय सिंह दरबारमा भएको हस्ताक्षर कार्यक्रममा कोरीया सरकारका तर्फबाट राजदुत माननीय चोइ योंग जिन र नेपालका तर्फबाट अर्थ सचिव युवराज भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता अनुसार दक्षिण कोरीया सरकारले कोरियन दातृसंस्था कोइका–कोरीया अन्तराष्ट्रिय दातृ संस्था मार्फत नेपाल सरकारलाई स्वास्थ्य विमा लागु गर्न सन २०१७ सम्म ४५ लाख अमरीकी डलर आर्थिक सहयोग दिने भनिएको छ । उक्त रकम नेपाल सरकारको स्वास्थ्य विमा सम्बन्धि नितिअनुसार सबै परीवारलाई स-शुल्करुपमा स्वस्थ्य सेवा उपलब्द गराउनमा खर्च गरिने छ । कोरिया सरकारले राष्ट्रिय स्वास्थ्य बिमा सहयोग परियोजना कार्यान्वयन गर्न रु ४६ करोड उचबदष्मष्प कबजबथयन स्वरुप उपलब्ध गराउने भएको छ।चालु वर्षदृेखि उक्त राष्ट्रिय स्वास्थ्य विमा कैलाली, बाग्लुंग र बाँकेमा सञ्चालन गरिने छ ।

KOica

प्राविधिक सहयोग सम्बन्धि सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र नेपालका लागि कोरियाली राजदूत चो योङ जिनले हस्ताक्षर गरेका छन । उक्त परियोजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यान्वयन गर्ने छ। परियोजना कार्यान्वयन भएपछि सर्वसाधारणको स्वास्थ्यमा सहज पहुँच पुग्ने आशा गरिएको छ । यसको सिकाइले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्न सघाउ पुग्ने आशा गरिएको छ ।

 

कोइकाले नेपालले सन १९९६ देखि नेपाल सरकारलाई स्वास्थ्य, शिक्षा र कुषिमा क्षेत्रमा सामूदायिक स्तरबाट राष्ट्रिय स्तरसम्म विकास हुने गरिएको आर्थिक एवं अन्य आवश्यक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१