गोमा एयरको विमान दुर्घटना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १०:२३

पोखरा, १९ जेठ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको ९ एन-ए-के विमान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। जहाजको अघिल्लो चक्का धावनमार्गमा नखुलेपछि जहाज चिप्लिन पुगेको थियो । विमान चिप्लिएपछि धावनमानर्गको सेन्ट्रल लाइनमै अड्किएको छ । विमानको अघिल्लो भागमा सामान्य क्षति छ । ल्याण्ड गर्नेक्रममा इण्डिकेटरले संकेत गरे पनि जहाजको चक्का नखुलेको विमानका पाइलटलाई उद्घृत गर्दै पोखरा विमानस्थलका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । विमानमा चालक दलका सदस्यसहित १८ जना यात्रु थिए।

gomaएक साता अघिदेखि मात्रै उडान भरेको सो विमान दुर्घटनामा परेपछि अहिले पोखरा विमानस्थलमा अहिले कुनै पनि उडान हुन सकेको छैन । पोखरा विमानस्थल वरपर सर्वसाधारणको ठूलो भीड छ। केही दिनअघि कालीगण्डकी थुनिएर बेनी–जोमसोम सडकखण्ड भत्किएपछि यतिखेर पोखरा–जोमसोममा हवाई उडान व्यस्त छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१