सडकमा हुने सवारी दुर्घटना मध्ये सबैभन्दा मोटरसाइकलमा बढि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १६:३२

नवलपरासी, १८ जेठ । सडकमा हुने सवारी दुर्घटना मध्ये सबैभन्दा बढी सवारी दुर्घटनामा मोटरसाइकलमा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीको तथ्यांकले देखाएको छ । सवारी दुर्घटना मध्ये झण्डै आधाआधी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ । यस आर्थिक बर्षको पछिल्लो दश महिना अर्थात बैशाख मसान्तसम्म नवलपरासीमा भएका १ सय ८१ वटा सवारी दुर्घटना मध्ये ८६ वटा दुर्घटनामा मोटरसाइकल परेको छ । यो तथ्यांक हेर्दा करिब ४७ दशमलब ४१ प्रतिशत दुर्घटनामा मोटरसाइकल परेको छ । त्यस्तै पछिल्लो दश महिनामा नवलपरासीमा सवारी दुर्घटनामा परी ज्यान गुमाउने ८३ जना मध्ये ३१ जना मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउने रहेका छन् ।

accidentsयो तथ्यांक हेर्ने हो भने पनि दुर्घटनामा ज्यान गुमाउने सय जना मध्ये ३७ जना त मोटरसाइकल दुर्घटनामै परेर ज्यान गुमाउने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक सूर्य श्रेष्ठले बताए । त्यस्तै ट्राफिक प्रहरीले गर्ने कारवाही र ट्राफिक नियम उल्लंघन गर्नेमा पनि मोटरसाइकल चालक नै अगाडि देखिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले पछिल्लो १० महिनामा ट्राफिक नियम उल्लंघन गर्नेबाट १ करोड ३५ लाख १५ हजार नौ सय रुपैयां राजश्व संकलन गरेकोमा मोटरसाइकल चालकलाई गरिएको कारवाहीबाट मात्रै १७ दशमलब ५३ प्रतिशत अर्थात २३ लाख ६९ हजार ८ सय रुपैयां राजश्व संकलन गरेको छ भने ।

पछिल्लो दश महिनामा कारवाहीमा परेका ३८ हजार ८ सय १८ जना चालकमा मोटरसाइकल चालक मात्रै २१ दशमलब ५२ प्रतिशत अर्थात ७ हजार सात सय ९ जना मोटरसाइकल चालक ट्राफिक नियम उल्लंघन गरे वापत कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रहरी निरीक्षक सूर्य श्रेष्ठले बताए ।
पश्चिमालञ्चल क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्लेका अनुसार मोटरसाइकल दुर्घटना परी हाल्यो भने मानवीय क्षति हुने सम्भावना ९० प्रतिशत रहन्छ । ट्राफिक प्रहरी उपरीक्षक हरिराज वाग्लेका कारण मोटरसाइकल चालकले पालना गर्ने पर्ने बाटो क्रस गर्दा साइड वत्ति बाल्ने, ओभर ट्याक गर्न नमिल्ने ठाउंमा पनि ओभर ट्याक गर्ने लगायतका गम्भीर लापरवाही गर्दा मोटरसाइलक नै बढी दुर्घटनामा पर्ने गरेको बताए ।
अहिले सडकमा गुड्ने सवारी साधनको तुलनामा सबैभन्दा बढी मोटरसाइकल नै गुड्ने गर्दछ । त्यस माथि सडकको क्षमताको तुलनामा सवारी साधनको चाप पनि बढ्दो छ जसले गर्दा पनि सवारी दुर्घटना बढेको हो ।
तथापि हाम्रो लापरवाहीले क्षणभरमा हाम्रो जीवन समाप्त हुन सक्ने भएकोले पनि सचेत र सजग हुनु र हेर्दा सामान्य लाग्ने ट्राफिक नियम पालना गर्न सके दुर्घटनामा कमि आउने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
त्यसो त नवलपरासीमा पछिल्लो समय सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी र ट्राफिक प्रहरीको सहकार्यमा चालकसंग एक मिनेट अन्तरक्रिया, इलाका प्रहरी कार्यालय कावासोतीमा रिफ्रेस सेन्टर राखिएको छ । तथापि गत बर्षको तुलनामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या नबढेपछि खासै कमी पनि हुन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१