अर्थमन्त्रीका स्वकीय सचिवले दिए राजीनामा,कारण हो जस्ताकाण्ड !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १५:१८

काठमाडौं,१८ जेठ । राहतको जस्तापाता बेच्न लागेको आरोप लागेका अर्थमन्त्री डा.रामशरण महतका स्वकीय सचिव रमेश महतले पदबाट राजीनामा दिएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफू र मन्त्रीलाई बदनाम गराउने प्रयास भैरहेकोले छानविनमा सहयोग गर्न राजीनामा दिएको बताए । उनले आफूमाथि लागेको आरोपमाथि निश्षक्ष छानबिन गर्न पार्टी र सरोकारवाला निकायसमक्ष आग्रह पनि गरेका छन्। यसअघि नेपाल ईन्भेष्टमेन्ट बैंकले उपलब्ध गराएको जस्ता पाता नेपाली कांग्रेस नुवाकोटका सचिव तथा अर्थमन्त्री डा.रामशरण महतका ‘पिए’ महतले काठमाडौ विक्री गर्न लागेको भन्ने समाचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्नेमाथि आक्रमण भएको थियो ।

1503895_675022519185948_959023313_nआईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्ने एमाओवादीका कविलासपुर गाविसका ईन्चार्ज कृष्ण बोहरा तथा कारोवार दैनिकका संबाददाता शिब बोहरामाथि भएको आक्रमण भएको हो ।
पत्रकार सम्मेलनमा महतले नेपाल ईन्भेष्टमेन्ट बैंकले नुवाकोटको विभिन्न विद्यालयको लागि उपलब्ध गराएको जस्ता पाता विक्री गर्न लागेको भन्ने समाचार आफूलाई बदनाम गराउन आफ्नै पार्टी नेपाली कांग्रेस र अन्य राजनीतिक दलको राजनीतिक प्रतिशोधको उपज भएको दाबी गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरुप दिएको जस्तापाता काठमाडौं फर्काउँदै गर्दा स्थानीयको नियन्त्रणमा परेको थियो । अर्थमन्त्रीकै आग्रहमा उपलब्ध गराएको भनिएको ४०० वन्डल जस्ता मध्ये २०० वन्डल काठमाडौं फर्काउँदै गर्दा छहरेपुलमा नियन्त्रणमा परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१