दुःख गरेर कमाएको एक–एक पैसाको हरहिसाव सरकारले राख्छ : अमेरिकाका लागि नेपाली राजदूत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १३:००

अमेरिका,१८ जेठ । अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले गत महिना नेपालमा गएको महाभूकम्पको पीडालाई कम गर्न भावानात्मक रुपमा संसारभरका नेपालीहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । इतिहासको कालखण्डले फेरि दुःखको मार्फत नै भएपनि संसार भरीका नेपालीहरुलाई पुःन एक भएर अघि बढ्ने अवसर प्रदान गरेको उल्लेख गर्नुहुँदै राजदूत कार्कीले मातृभूमीको सेवा र सहयोग गर्ने यो अवसरलाई विश्वको कुनै पनि कुनामा बसेको नेपालीले कुनै पनि हालतमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । ‘यो विषय परिस्थितमा झनै अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट सरकारले ठूलो मात्रामा सहयोगको अपेक्षा गरेको छ,’ राजदूतकार्कीले भन्नुभयो ‘यो सहयोग केवल ठूलो रमकमको सहयोग होइन, भावनात्मक रुपमा एक भएर गरिने जस्तोसुकै पनि सहयोग हो ।’

न्यूह्याम्पसर राज्यस्थित नेपालीहरुको छाता संगठन न्यूह्याम्पसर नेपाली समाजले आइतबार आयोजना गरेको राहत रकम हस्तान्तरण कार्यक्रमका बोल्दै उहाँले मुलुकले व्यहोरी राखेको यो संवेदनशिल घडीमा मुलुकको सरकारी निकाय र संयन्त्रहरुलाई अविश्वास नगर्न र सबैले नेपालीदूतावास र कुटनैतिक नियोग मार्फत एकद्धार प्रणाली अपनाएर सहयोग रकम पठाउन आग्रह गर्नुभयो । ‘तपाईँहरुले परदेशमा दुःख गरेर कमाएको एक–एक पैसाको हरहिसाव सरकारले राख्छ र तपाईँहरुको हरेक पैसाले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका राख्छ’ उहाँले थप्नुभयो ‘सहयोग गर्ने प्रत्येक नेपालीको तथ्याङ्क सरकारले राख्छ र सार्वजानिक पनि गर्नेछ ।’ राजदूत कार्कीले प्रधानमन्त्री दैवीक प्रकोप राहतकोष राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा आधा दर्जन बढी मन्त्रालयका सचिवहरु सम्मिलित समितिले संचालन र व्यवस्थापन गर्ने भएकाले राहत रकमको दूरुपयोग हुने कुरामा आशंका नगर्न सबैमा अनुरोध गर्नुभयो ।

kkkकार्यक्रमका न्यूह्याम्पसर राज्यबाट संकलित ३१ हजार ७ सय ५० डलर रकम राजदूत कार्कीलाई न्यूह्याम्पसर नेपाली समाजका कोषाध्यक्ष सुदिप अधिकारीले हस्तान्तरण गर्नुभएको थियो । संकलित रकममध्ये १० हजार एक सय डलर न्यूह्याम्पसर राज्यमा बसोबास गर्ने गुरुङहरुको संस्था तमु समाज न्यूह्याम्पसरले संकलन गरेर नेपाली समाजलाई हस्तान्तण गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१