राजधानी बाहिरकै चर्चित तिलोत्तमा गोल्डकप फुटवल शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १२:३७

बुटवल । राजधानी बाहिरकै चर्चित तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता बुटवलमा आज सुरु हुदैछ । अपरान्ह ३ बजे एन्फा टेक्निकल सेन्टरमा हुने १८ औ संस्करणको उद्ध्घाटन खेलमा आयोजक रुपन्देही ११ र भ्याली स्पोर्टस क्लब पोखरा आमने सामने हुदैछन् ।

footballटिम व्यवस्थापनका आधारमा उत्कृष्ट आँकलन गरिएको रुपन्देही ११ ले राष्ट्रिय खेलाडी शिव श्रेष्ठ, दीपक राई, सुजल श्रेष्ठ, विक्रम लिम्बू लगायतलाई मैदानमा उतार्ने भएको छ । माई भ्यालीमा पनि विशाल राई बी लगायतका राष्ट्रिय खेलाडी सहभागी छन् । गर्मीमा अभ्यास गरेको आयोजकसंगको प्रतिष्पर्धा माई भ्यालीकालागि असहज हुने विश्लेषण गरिएको छ ।
प्रतियोगितामा नेपाल प्रहरी, ससस्त्र र आर्मी क्लबसहित दार्जिलिङ्ग ११, धरान फुटवल क्लब र झापा ११ सहभागि छन् । प्रतियोगिताको बिजेताले ३ लाख ७५ हजारसहित गोल्डकप प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१