साउनसम्ममा प्रधानमन्त्रीले राजीनामा दिने संकेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १२:३४

काठमाडौं,१८ जेठ । सरकार गठन र संविधानका विवादित विषयमा सहमति खोज्न प्रमुख दलहरुको बैठक बस्दैछ । आज बस्ने बैठकमा सरकार गठन र संविधानका विवादित विषयलाई प्याकेजमा सहमति खोजिनेछ । प्रधानमन्त्री निवास बालुवाटामार कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरुबीच संविधानका विवादित विषयलाई चाडो टुंगो लगाएर राष्ट्रिय सरकार बनाउने विषयमा सकारात्मक छलफल भएको छ। आन्तरिक छलफल र वार्ता गरेर चारै पक्षका शीर्ष नेताहरुको आज थप छलफलमा बस्न लागेका हुन् ।

baiराज्य पुर्नसंरचनालगायतका संविधानका विवादित विषय र राष्ट्रिय सरकार गठनका बारेमा एउटा निश्कर्षमा पुग्ने समझदारी हिजो नै भएको छ। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकार गठन संविधान निर्माणका विषयमा आज एउटा टुङ्गो पुगिने बताए । पहिलो संविधान निर्माण प्राथमिकतामा रहेका र त्योसँगै सरकार गठनका विषयमा पनि छलफल हुने उनको भनाई छ ।
राष्ट्रिय सरकार गठन तथा संविधान निर्माणका विषयमा केही दिनदेखि दलहरुले छलफललाई तीव्र बनाएका छन् । कांग्रेसले प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा छिटो संविधान जारी गरेर सहमतिका आधारमा राष्ट्रिय सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ। साउनसम्ममा प्रधानमन्त्रीले राजीनामा दिने संकेत दिइसकेको छ । तर एमाले र एमाओवादी भने जतिसक्दो छिटो नयाँ नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने गृहकार्यमा जुटेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१