पेटमा मोबाइल नै छुटेपछि ….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १०:५९

opratजोर्डन । चिकित्सकको लापरवाहीका कारण विरामीको पेटमा कैंची र अन्य सामग्री छुटेको खबर त सुनेकै हो । तर लापरवाहीको यो हद कि पेटमै मोबाइल छाडेको घटना भने पत्यार नै नलाग्न सक्छ । तर यस्तै घटना घटेको छ जोर्डनको एउटा अस्पतालमा । जोर्डनको एक अस्पतालमा चिकित्सकहरुले महिलाको डेलिभरीको समयमा पेटमै मोबाइल छाडिदिँदा आपत् परेको छ । जोडर्नको राजधानी अम्मानस्थित रहने हनान नाम गरेकी महिलाको चिकित्सकहरुले डेलीभरी गर्दा अपरेशन गरेका थिए । जहाँ उनीहरुले महिलाको पेटभित्रै मोबाइल फोन छाडेका थिए । रमाइलो कुरा त यो छ कि उनीहरुलाई यसको पत्तो त्यतिबेला मात्रै पाए जब महिलाको पेटमा मोबाइल भाइब्रेट हुनथाल्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१