काठमाडौं, १८ जेठ । सोमबार बिहान ४ बजेर ३५ मिनेट जाँदा पुनः पराकम्प महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विनाशकारी गोरखा भूकम्प गएको डेढ महिना नाघिसक्दा पनि पराकम्प आउने क्रम रोकिएको छैन तर पातलिएको छ । आइतबार दिउँसो १ बजेर ३४ मिनेट जाँदा लमजुङ केन्द्रविन्दू भएको ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्प महसुस गरिएको थियो ।
प्रतिक्रिया