मोबाइलको फुटेको स्क्रिन आफै ठिक हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०७:४५

(एजेन्सी)– वैज्ञानिकहरुले एउटा यस्तो प्लाष्टिकको विकास गरेका छन् जसले टुटेफुटेको सामान आफै ठिक पार्दछ अर्थात यदि तपाईंको फोनको स्क्रिन फुटेको छ अथवा तपाईंको टेनिस र्याकेट टुटेको छ भने यसले आफैँ ठिक पार्दछ । यो पोलिमरले तीन सेन्टिमिटर चौडा फाटोलाई आफैँ भरिदिन्छ । यो खोज रगत जम्ने प्रक्रियासँग प्रेरित छ । यसमा सूक्ष्म कोशिकाहरुको एउटा जालो छ जसले खाली ठाउँलाई भर्नका लागि आवश्यक रसायन पुर्याउने गर्दछ । यसलाई युनिभर्सिटी अफ इलिनायका इन्जिनियरहरुले बनाएका थिए र यो खोज एक विज्ञान पत्रिकामा प्रकाशित गरिएको छ । वैज्ञानिकहरुले पछिल्ला केहि दशकहरुदेखि यस्तो प्लाष्टिकको कल्पना गरिरहेका थिए जसले मानिसहरुको छालाले जस्तै आफ्नो घाउ आफैँ निको पार्न वा भर्न सकून् । पानीको पाइप र कारको बोनेट यदि फुटेको छ भने यसले आफैँ बन्द गरिदिनेछ । यसको प्रयोगले स्याटलाइट आफूमा भएको नोक्सानी आफैँ बनाउन सक्नेछ, ल्यापटप र मोबाइल फोनको टुटेको इलेक्ट्रोनिक्स चिप्स आफैँ सुल्झिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१