आरक्ष क्षेत्रमा पर्यटकहरु बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १०:१४

नारायण रिजाल 

बागलुङ,१८ जेष्ठ । मुलुकको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा सामुदायिक लज सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको छ । ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकका साथ साथै नाउर झारलको शिकारका लागि आउने विदेशी पर्यटकका हरु समेत बढन थालेका छन । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको ढोरपाटन क्षेत्रमा खाने बस्ने व्यवस्था नहुदा अन्यौलमा पर्ने पर्यटकहरु लज सञ्चालनमा आएपछि सहज हुने हुँदा पर्यटकको पनि बृद्धि भएको छ ।
करिब ५० लाख रुपैयाँको लागतमा ढोरपाटन शिकार आरक्ष कार्यालय नजिकैको समथर भुभागमा लज सञ्चालनमा ल्याइएको हो । लघु उद्यम विकास समिति, बागलुङ उद्योग बाणिज्य संघ, बोवाङ गाविस र स्थानीयवासीको सहयोगमा सामुदायीक लज स्थापना गरिएको छ ।
tou१२ वटा कोठा रहेको उक्त लजमा पचास जना जतिलाई सहज रुपमा बस्ने व्यवस्थापन गर्न सकिने जनाइएको छ । त्यस्तै लजमा तालिम तथा बैठक बस्नका लागि हलको समेत व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्रमा गएर कुनै कार्यक्रम गरौं भन्ने सोच भएकाहरुलाई सहजता होस भन्ने उद्देश्यले सोही अनुसार लजको व्यवस्थापन गरेको सञ्चालक पानबहादुर बिकले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकलाइ लक्षित गरि निमार्ण गरिएको लजमा खाना ,बस्नको लागि अन्य स्थान सरह नै शुल्क लिने गरिएको पाईएको छ ।
ढोरपाटन शिकार आरक्ष पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पनि समुदाय स्तरबाट लज स्थापना गरिएको र यसलाई व्यवस्थित बनाइएकोे ढोरपाटन शिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।
विकट क्षेत्र भएका कारण त्यस क्षेत्रमा सामान्य खाने र बस्ने व्यवस्था भएपनि व्यवसायीक रुपमा होटल तथा लज सञ्चालनमा नभएको बेला सामुदायीक लज सञ्चालक आएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो भएको छ ।
पर्यटकहरुले लजमा नै बसिरे रमणीय क्षेत्रहरुको अवलोक समेत गर्दै आएका छन । तीन वर्षको लगानिमा लज सञ्चालनमा आएको हो । सामुदायले निर्माण गरेको उक्त लज सञ्चालनका लाग टेन्डर सञ्चालन गरिएको र वार्षिक ५५ हजार रुपैया गाविसलाई बुझाउने गरीएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१