विद्यार्थी संगठनहरुद्धारा ओखलढुंगाका विद्यालय पूनःनिर्माणमा होडबाजी,बन्दैंछन् पार्टीगत विद्यालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १०:१०

पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा,१८ जेठ । विगतमा अधिकारका नारा लगाउँदै सडकमा चक्काजाम र हडताल गर्ने विद्यार्थी संगठनहरु यतिबेला ओखलढुंगाका गाउँ पसेर विद्यालय पूनःनिर्माणमा होडबाजी गरिरहेका छन् । भूकम्पले ध्वस्त भएका घर तथा भौतिक संरचनाहरुको पुननिर्माण राजनैतिक दलका स्वयंसेवीहरु लागिरहेका बेला विद्यार्थी संगठनहरु भने यतिबेला विद्यालय पुननिर्माणमा लागेका हुन् ।
जिल्ला शिक्षा कार्यालयको प्रारम्भीक तथ्याङ्क अनुसार भूकम्पले जिल्लाका २ सय ८० भन्दा बढि विद्यालयका भवनहरु भत्किएर पठन पाठन गर्न नमिल्ने अवस्थामा पुगेका छन् । बालबालिकाहरुलाई कक्षा कोठामा राखेर पढाउनै नसकिने अवस्थामा पुगेपछि अस्थायी टहराहरु निर्माण गरेर भए पनि पठन पाठन सञ्चालन गर्नुपर्ने भन्दै सबैजसो विद्यार्थी संगठनहरु विद्यालय पुननिर्माणमा जुटेका हुन् ।
भत्किएका विद्यालयहरुलाई पुननिर्माणका लागि नेपाल विद्यार्थी संघ तथा सबै अखिलहरु छुट्टाछुट्टै टिम बनाएर लागेका छन् । सरकारले जेठ १७ गतेदेखि सवै सामुदायिक तथा निजी विद्यालयहरुको पठनपाठन सूचारु गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनहरु विद्यालयको पठन पाठन सूचारु गराउन सहयोगी बनेका हुन् ।
schoolयसरी अभियानात्मक रुपमा काम गर्नेमा अरुको तुलनामा अनेरास्ववियु निक्कै अगाडि देखिएको छ । केन्द्रिय अनुशासन आयोग अध्यक्ष जिबन राइको नेतृत्वमा खटिएको अनेरास्ववियुको टोलीले राँगादिप मावि,कालिका उमावि,सिहदेबी निमावि, जंग निमावि श्रीचौर, पात्ले मावी लगाएतका अधिकांश विद्यालयमा अस्थायी कक्षा कोठा निर्माण सम्पन्न गरिसकेको अनेरास्ववियु अस्कल क्याम्पस कमिटि सचिव गोपाल नेपालले जानकारी दिए । ‘हाम्रो टोलीले धेरैवटा विद्यालयमा अस्थायी टहरा बनाएर विद्यालय सुचारु गराउने वातावरण बनाई दिएको छ’ नेपालले भने ‘हामीले बनाएका अस्थायी कक्षा कोठामा अहिले भाई बहिनीहरु रमाई रमाई पढ्न थालिसकेका छन् ।’ यो समय पूनःनिर्माणको रहेकाले अधिकारका कुरा मात्रै गरेर नहुने उनको भनाई छ ।
अनेरास्ववियु केन्द्रिय सदस्य गिरेन राइ, युवा संघ नेपाल ओखलढुङा जिल्ला कमिटि अध्यक्ष राजन खत्री, अनुशासन आयोग सदस्य महेश श्रेष्ठ, सम्पर्क बिभाग सचिव अशोक थापा, अनेरास्ववियु जिल्ला अध्यक्ष दिपक फुयालको सहभागीतामा परिचालीत युवा विद्यार्थीको टोलिले विभिन्न गाविसमा रहेको एकल महिला सुत्केरी,गरिब तथा अशक्तका लागी अस्थाई घर टहरा निमार्णको काम समेत गरिरहेको छ ।
‘हाम्रो सेवामा कुनै स्वार्थ छैन’ अनेरास्ववियु जिल्ला अध्यक्ष दिपक फुयालले भने‘हामीले भेटेसम्म जुनसुकै जातजाती,धर्म र आस्थाका नागरिकलाई सहयोग गरिरहेका छौँ ।’तर विद्यालय पूननिर्माण नै आफुहरुको पहिलो प्राथमिकतामा रहेको उनको भनाई छ । खाजा समाल सहित निश्वार्थ सेवामा खटिएका अनेरास्ववियु र यूवासंघमा आवद्ध यूवाहरुको काम देखेर स्थानियहरु दंग परेका छन् ।
‘सबैयूवाहरु मिलेर पूननिर्माणमा लाग्ने हो भने ओखलढुंगालाई छोटो समयमा नयाँ संरचना सहितको सम्वृद्ध जिल्ला बनाउन सकिन्छ’ युवा संघ जिल्ला कमिटि अध्यक्ष राजन खत्रीले भने ‘सिद्धिचरणले भनेको मेरो प्यारो ओखलढुंगा अब यूवाको पहलमा अझ सबैको प्यारो बनाउन सक्नुपर्छ ।’आफ्नो संगठन सँधै यस विषयमा लागिरहने उनको भनाई छ ।
यसैविच नेपाल विद्यार्थीसंघले ओखलढुंगाका १५ वटा विद्यालयमा अस्थायी कक्षा कोठा निर्माण गर्ने योजनाका साथ काम सुरु गरेको छ । संघले भूकम्पबाट क्षेतीग्रस्त जिल्लाका विभिन्न गाविसका १५ वटा सामुदायिक विद्यालयमा अस्थायी कक्षा कोठा निर्माणगर्ने योजना बनाएको हो ।
नेपाल विद्यार्थीसंघको क्षेतीग्रस्त विद्यालयका अस्थायी भवन निर्माण अभियान अन्तरगत अहिले सम्म विगुटार स्थित रत्नप्रावि टक्सार र विगुटार उच्चमावीमा अस्थायी कक्षा कोठा निर्माण गरेको संघका केन्द्रिय सदस्य एवम् अभियान संयोजक लिला बल्लब दाहालले जानकारी दिए । उनका अनुसार संघले विद्यालयहरुलाई प्राविधिक सहयोग र खेलकुद सामाग्री समेत उपलब्ध गराउने छ । ओखलढुंगाका भूकम्पबाट क्षेतीग्रस्त शैक्षीक संस्थाको पूननिर्माणमा अहिले विभिन्न अन्य विद्यार्थी संघ संगठनले पनि सकृयता देखाई रहेका छन् । १७ गतेबाटै विद्यालयहरु सञ्चालनमा आएपनि अझै जिल्लाका अधिकांश विद्यालयमा अस्थायी कक्षा कोठा समेत नभएकाले पठनपाठन सुचारु गराउन समस्या देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१