महाविपत्तिबाट पर्यटन क्षेत्र आत्तिनुपर्ने अवस्थामा छैनः मन्त्री शेर्पा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १०:०६

काठमाडौं,१८ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाले भूकम्पको महाविपत्तिबाट पर्यटन क्षेत्र आत्तिनुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । आइतबार नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएप–नेपाल)को टोलीसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले भुकम्पले क्षतविक्षत बनाएको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । भेटको क्रममा टीजेएफ–नेपालको तर्फबाट ६ बुदे सुझाव पत्र पेश गरिएको थियो । उक्त सुझाव पत्रमा देशको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्न योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्ने, पर्यटन विकासको लागि तत्कालिन र दीर्घकालिन गुरुयोजना तर्जुमा गर्नुपर्ने, निजी पर्यटन व्यवसायीलाई उत्साहित बनाउने खालको कार्यक्रम ल्याउनुपर्ने, नेपाल पर्यटन बोर्डको समस्या समाधान गर्दै सिइओ छनोट प्रक्रियालाई अभिलम्ब अघि बढाउनुपर्ने तथा पर्यटन पत्रकारितालाई पर्यटन प्रवद्र्धनार्थ सही रुपमा सदुपयोग गर्नुपर्ने लगायतका सुझावहरु समेटिएका छन् ।

kripasurसुझावपत्र ग्रहण गर्दै मन्त्री शेर्पाले पर्यटन क्षेत्रलाई अघि बढाउन मिडियाले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटकीय क्षेत्रको अवस्था अध्ययन गर्न राष्ट्रिय अन्तर्राष्ट्रिष्य विज्ञहरुको टोली परिचालन गर्ने जानकारी दिदै उहाँले त्यसको आधारमा पर्यटकीय क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने जिकिर समेत गर्नुभयो । मन्त्री शेर्पाले नेपालका प्राकृतिक गन्तब्यहरु राम्रा भएकोले त्यस क्षेत्रसम्म जान विग्रिएका बाटो निर्माण र होटलहरु बनाउनु नेपाल आफै सक्षम भएको भन्दै अब पर्यटकहरुलाई आर्कषित गर्न प्रबर्धनात्मक अभियानहरु सञ्चालन गर्नेसमेत बताउनुभयो ।
उहाँले अहिले आफु साँस्कृतिक थातथलो, पर्यटकीय पदमार्गहरुमा देखिएको समस्या कसरी चाडो भन्दा चाडो समाधान गर्न सकिन्छ भन्नेमा गम्भिर रुपमा लागि परेको जिकिर गर्नुभयो । त्यसको लागि डिएफआइडी जस्ता संस्थासँग सहकार्य गर्ने तयारी भइरहेको र संस्कृति क्षेत्रको लागि विश्वबैंकलगायतसँग सहयकार्य गर्ने तयारी भइरहेको जानकारीसमेत दिनुभयो ।
उनले पुरातात्विक महत्वका साँस्कृतिक धरोहरहरुलाई भुकम्प पछिको अवस्था र छेउमा नयाँ बनाएर राख्ने कि नयाँ नै बनाउने भन्ने विषयमा छलफल चलिरहेको भन्दै धरोहरहरुलाई जिवन्त ढंगले बनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१