मृत आत्माको शान्तिको कामनामा पाठ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १०:०४

प्र्रकाश उप्रेती 

kamanaविर्तामोड,१८जेठ । विनाशकारी भूकम्पमा देवासन भएका आत्मको चिरशान्ति तथा राष्ट्र शान्तिको कामना गर्दै झापाको धाइजनमा एकदिने पाठ पारायण सम्पन्न भएको छ । धाइजन–६ स्थित जनसुधार समाज एवं पुष्पाञ्जली र्कितन मण्डलीको निर्माणाधिन अवस्थाको एकतले घर प्रवेशको अवसरमा ९ जना पण्डितबाट एकदिने पाठ गरिएको हो । ९ जना पण्डितले रुदाभिषेक, चण्डिपाठ, वेदपाठ तथा स्वास्थानीको आरधना सम्पन्न गरेका हुन् । २०६२ सालमा स्थापना गरिएको उक्त संस्थाले एकवर्षयता मण्डलीको घर निर्माण सुरु गरेपनि आर्थिक अभावले अधुरो भएको छ । ७ लाखमा खर्च भइसकेको संस्थाका अध्यक्ष पुणबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार मण्डलीमा आवद्ध १ सय ६ जना सदस्यबाट संकलित रकम सकिएर अधुरो बनेको हो । उक्त भवन निर्माणका लागि थप ५ लाख बढी लाग्ने भएकाले सहयोग जुटाइदिन संस्थाका सचिव राजु प्रसाईले सबैलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१