भूकम्पप्रभावितलाई क्यानडाले उसकै देशमा लगेर रोजगारी दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार ०८:४८

काठमाडौं १८ जेठ  – क्यानडाले भूकम्पप्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ । नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिन सक्ने बताएका हुन् । भूकम्पपछि राहत र उद्दारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताइन् । नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए । रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलेदेखि नै छ । राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध गरेकाले यो विपतमा नेपालीलाई रोजगारीको अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए । लेइचले यस्तो प्रस्तावपछि क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको थिइन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१